करिनाको पारिश्रमिक ८० करोड

एजेन्सी, मुम्बई । बलिउड अभिनेत्री करिना कपुरले एक टिभी सोका लागि ८० करोड पारिश्रमिक लिने भएकी छन् । लामो समय चलचित्रमा नदेखिएकी उनी भारतीय टिभी सो ‘डान्स इन्डिया डान्स’ मा देखिने भएकी हुन् ।

उक्त सोको यस सिजनका लागि उनले सम्झौतासमेत गरिसकेकी छन् । भारतीय मिडियाका अनुसार ३ महिनाको उक्त सोमा काम गरेवापत् करिनाले ८० करोड पारिश्रमिक लिनेछिन् । उनको डेब्यु टिभी सोमा उनी निर्णायकको भूमिका निर्वाह गर्ने जनाइएको छ ।

प्रतिक्रिया