तामाङ दिदीभाइ सेमिफाइनलमा

दाङ । त्रिभुवन आर्मी क्लबका तामाङ दिदीभाई नङ्सलदेवी तामाङ र रत्नजित तामाङ आठौँ अन्तर्गतको ब्याडमिन्टनको महिला एकल र पुरुष एकलको सेमिाफाइनलमा प्रवेश गरेकी छन् ।  घोराही कभर्डहलमा बिहीबार भएको क्वाटरफाइनलमा आर्मीकी नङ्सलले आफ्नै क्लबकी रन्जना भट्टलाई २१–१८ र २१–१२ ले पन्छाउदै अन्तिमा चारको यात्रा तय गर्दा प्रदेश १ की सीताले नेपाल एपीएफ क्लबकी शोभा गौचनलाई २–० को सेटमा पराजित गर्दै सेमिफाइनलमा नङ्सलसँगको भेट पक्का गरिन् ।

शोभा पाकिस्तान अन्तराष्ट्रिय सिरिजमा मिश्रीत युगलमा स्वर्ण तथा नेपाल अन्तराष्ट्रिय सिरिजमा मिश्रीत युगलमा रजतपदक हात खेलाडी हुन् । ११औं वरीयताकी सीताले शोभालाई २१–१७ र २१– १५ ले पाखा लगाइन् ।  अर्को खेलमा सेनाकी अनुमाया राईले उदियमान खेलाडीको रुपमा रहेकी एपिएफकी जेसिका गुरुङलाई २१–१६ र २१–९ ले पाखा लगाउँदै सेनाकै रशिला महर्जनसँगको भेट पक्का गरिन् । आर्मीकी रशिलाले प्रदेश १ की सीमा राजवंशीलाई २१–१४, २१–११ ले पराजित गरिन् ।

पुरुष एकलतर्फ नेपाल नम्बर तथा आर्मीका रत्नजित तामाङ आफ्नो उपाधी रक्षातर्फ अग्रसर भएका छन् । उपाधिका नजिक पुग्ने क्रममा उनले नेपाल पुलिसका जीवन आचार्यलाई २१–१० र २१–११ ले पराजित गरे । अव रत्नले फाइनल प्रवेशका लागि प्रदेश ७ का प्रिन्स दाहालसँग प्रतिस्पर्धा गर्ने छन् । प्रिन्सले पुरुष टिम प्रतिस्पर्धाको पुरुष एकल तर्फ रत्नलाई पराजित गरेका थिए । प्रिन्सले आर्मीका प्रफुल महर्जनलाई २१–१० र २१–१० ले पन्छाउँदै रत्नसँगको भेट पक्का गरेका हुन् ।

यस्तै, पूर्व नेपाल वान बिकास श्रेष्ठले सेनाका नविन श्रेष्ठलाई २१–१५, १५–२१ र २१–१६ ले पन्छाउँदै अन्तिम ४ को यात्रा तय गरे । अव फाइनल प्रवेशका लागि विकासले सुदूरपश्चिमका दिपेश धामीसँग प्रतिस्पर्धा गर्ने भएका छन् । दिपेशले पुलिसका दीपक बोहरालाई २१–१७ र २१–१५ ले पन्छाउदै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । दाङ घोराहीस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला युगलतर्फ सेनाका नङ्सलदेवी तामाङ र अनुमाया राईको जोडी तथा अमिता गिरी र रशिला महर्जनको जोडी पनि सेमिमा प्रवेश गरेका छन् ।

तामाङ र राईको जोडीले कर्णाली प्रदेशका पुष्पा शाही र सामना भट्टराईको जोडीलाई २१–१० र २१–१० को सोझो सेटमा पराजित गरे । यस्तै, गिरी र महर्जनको जोडीले प्रदेश ३ का तारा आले र मनिषा खड्काको जोडीबाट वाक ओभर पाए ।
प्रदेश १ का सीता राई र सीमा राजवंशीको जोडीले प्रदेश ३ का महिमा श्रेष्ठ र सफी खत्रीको जोडीलाई २१–५ र २१–३ ले तथा एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङको जोडीले सेनाका लोक्तमा राई र रञ्जना भट्टको जोडीलाई २१–१२ र २१–१२ ले पाखा लगाए ।

प्रतिक्रिया