जुडो टोली युएई प्रस्थान

काठमाडौं । नेपाली जुडो टोली एसियन प्यासिफिक जुडो च्याम्पियनसिपका लागि संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् । एसियन प्यासिफिक जुडो च्यामिपयनसिप २० अप्रिलबाट २३ अप्रिलसम्म युएइस्थित फुजैराहमा हुँदै छ ।

नेपाली टोलीमा मनिता श्रेष्ठ ‘प्रधान’, इन्द्रबहादुर श्रेष्ठ, सुमित्रा राई र मोहन बम रहेका छन् । टिम प्रशिक्षक तथा म्यानेजरमा सुर्य नारायण श्रेष्ठ रहेका छन् ।  मनिताले ५७ केजीमुनि, सुमित्राले ७८ केजीमुनि तथा इन्द्र र मोहनले ६६ केजीमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया