टाटा मोटर्सका प्राविधिकहरूको स्किलफेस्ट सम्पन्न

काठमाडौं । टाटा मोटर्स नेपालले आफ्ना सबै आधिकारिक सर्भिस सेन्टर र वर्कसपमा संलग्न प्राविधिकहरूको ज्ञान र सीपको पहिचान र कदर गर्ने उद्देश्यले काठमाडौंमा ‘स्किलफेस्ट र टेकफेस्ट २०१९’ सम्पन्न गरेको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिको आयोजनता तथा म्याक लुब्रिकेन्ट्सको सहकार्य भएको उक्त सार्कस्तरीय प्रतियोगितामा नेपाल, बंगलादेश, श्रीलंका तथा भुटानबाट जम्मा १२ जना प्राविधिक तथा १२ जना सेवा सल्लाहकार (हरेक देशका दुवै समूहमा ३–३) सहभागी भएका थिए ।

सेवा सल्लाहकारतर्फ नेपालका उज्जवल परियार प्रथम भएका थिए भने नेपालकै राजाराम केसी दोस्रो भएका थिए । तेस्रो पुरस्कार भने बंगलादेशका अब्दुल मलिक र श्रीलंकाका मेलाका पुस्पसराले संयुक्त रूपमा ग्रहण गरेका थिए । त्यसैगरी, प्राविधिक वर्गमा नेपालका डेमबहादुर लामा प्रथम हुन सफल भए भने श्रीलंकाका धनुसका कुमारा दोस्रो र बंगलादेशका आलाम्गिर हुसैन तेस्रो भएका थिए ।

प्रतिक्रिया