सिटिजन्स बैंक र युनाइटेड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच बिमा सेवासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता पश्चात् सिटिजन्स बैंकका ग्राहकहरूले बैंकको कुनैपनि शाखाबाट युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको निर्जीवन बिमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बिमा लेख लिन, दावी भुक्तानीलगायत सम्पूर्ण बिमासम्बन्धी सेवाहरू लिन सक्नेछन् ।

यसबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रूपमा बिमा सम्बन्धी सेवाहरू प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । बैंकले हाल ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया