बालविवाह गर्नेको संख्या उच्च

मुगु । मकामारोङ गाउँपालिका–६ रिउस गाउँकी साङ्मु लामा उमेरले २२ वर्षकी भइन् । १८ वर्षको उमेरमा परिवारले मागेर मागी विवाह गरिदिएपछि उनको पढ्ने र ठूलो मान्छे बन्ने धोको बीचैमा अधुरै रह्यो ।

१० कक्षा पढ्दै परिवारको सहमतिमा विवाह गर्न बाध्य भएकी साङ्मुको जीवनले सोचेभन्दा फरक रूप लिएको साङ्मुले बताइन् । राम्रोसँग पढौँला, ठूलो मान्छे बनौँला र सामाजिक क्षेत्रमा योगदान गराैँला भन्ने सपना बोकेकी भए पनि कक्षा १० पढ्न नपाउँदै सपना अधुरो रहेको साङ्मुले गुनासो गरिन् । एउटा बच्चाकी आमा बनेकी साङ्मुको गाउँघरको संस्कारमा विवाह गरे पढ्न पाइँदैन । पढ्ने मन हुँदाहुँदै पनि विवाह गर्न बाध्य भएको साङ्मुले बताइन ।

यस्ता घट्ना मकामरोङ गाउँपालिकामा बसोवास गर्ने लामा समुदायमा धेरै छ । विवाह गररे अर्काको घरमा गए न त माइतीले पढ्ने वातावरण मिलाउँछन् न त पतिले नै पढ्न जा भन्छन् । सोही गाउँकी २३ वर्षीया सुनिता लामाले पनी १८ वर्षको उमेरमा वालविवाह गर्नुभयो । साथीको लहैलहै र भविष्यको बारेमा थाहा नपाएर बालविवाह गर्न बाध्य भएको सुनिताले बताइन् । एसएलसी दिइएर विवाह गरेको थिए । भविष्य के हो थाहा नपाई विवाह गर्दा बीचैमा पढाइ रोकिएको लामाले बताइन् । बालविवाहकै कै कारण मुगुम कमारोङ गाउँपालिकामा बसोवास गर्ने लामा सामुदायिक किशोरी विद्यालय जानबाट वञ्चित भएका छन् ।

करान भेगमा रहेका १४ गाउँ मध्ये लामा समुदायमा बसोवास गर्र्ने ११ गाउँमा बालविवाह धेरै छ । सानै उमेरमा विवाह गर्ने चलन छ । २० वर्षको उमेरपछि विवाह गरे केटा नपाउने भन्दै होचाउने गर्नाले पनि सानैमा बालविवाह गर्न बाध्य भएका किशोरीहरू बताउँछन् । करान भेगमा सामाजिक कुु–संस्कार अशिक्षाले बालविवाह बढ्दै गएको देखिन्छ । बालविवाह खसान समुदायमा हुने भए पनि त्यो कम हुँदै गएको छ भने । लामा समुदायका यसले विकराल रूप लिइएको छ ।

विकट गाउँमा सानैमा बिहे र कलिलै उमेरममा आमाबन्दा किशोरी गम्भीर स्वास्थ्य समस्या झेल्न बाध्य छन् । अकालमा ज्यान गुमाउने पनि उत्तिकै छन् । मुगुमा बालविवाह न्यूनीकरणमा कमी ल्याउन अभियान सञ्चालन नभएका होइनन् । केही अभियान अहिले पनि चालु छन् । ती अभियान प्रभावकारी नबन्दा बालविवाह नघटेको युवा जानकार उग्रिन नाक्मेल लामाले बताए । उनी भन्छन्, ‘१६÷१७ वर्षकी उमेरमा विवाह गर्ने किशोरीको संख्या ५० प्रतिशत रहेको उनले बताए ।

बालविवाहकै कारण स्वास्थ्यमा विभिन्न समस्या निम्त्याएको हुन्छ । अशिक्षा जनतेचनाको अभावले केही त्यस्ता समस्या निम्तिएका भूतप्रेत लागेको देवता लागेको भन्ने चलन छ । जसका कारण बालविवाहकै कारण धेरैको अकालमा मृत्यु पनि भएको छ । रितिरिवाज समुदायमा अशिक्षाले पनि बालविवाह बढ्दै गहेको र विद्यालय छोड्ने दर बढ्दै गहेको बुद्ध माध्यमिक विद्यालय माग्रीका निमित्त प्रधानध्यापक चित्रबहादुर ओलीले बताए । उनका अनुसार यो वर्षमात्र २० जनाले विद्यालय छाडेका उनले बताए ।

प्रतिक्रिया