इन्सेक र रेसको पहलमा पीडित महिला अदालतमा

सल्यान । पतिले खान लाउन नदिएर माइतीमा बस्न बाध्य भएकी सल्यान जिल्ला बनगाड कुपिण्डे नगरपालिका–२ निवासी २८ वर्षीया सुनिता नेपालीले मानवअधिकारको क्षेत्रमा क्रियाशील इन्सेक र रेस नेपालको पहलमा जिल्ला अदालत सल्यानमा ५ वैशाखमा मुद्दा दायर गरेकी छन् ।

पति ३५ वर्षीय कमलबहादुर नेपाली हाल ललतिपुरस्थित लेले भैरव गणमा नेपाली सेनामा कार्यरतले दोस्रो विवाह गरेको थाहा पाएपछि आपूmले विभिन्न स्थानमा न्यायका लागि जाँदासमेत सुनवाइ नभएपछि हाल पीडितले इन्सेक र रेस नेपालको पहलमा जिल्ला अदालत सल्यानमामा पालनपोषण र मानाचामल भराइ पाउँ भनी मुद्दा दायर गरेकी छन् ।

‘पतिले विनाकारण कुटपिट गर्ने गरेको र पालनपोषण खर्च दिन छाडेपछि मैलै उहाँ कार्यरत गणमा गए र पनि त्यहाँको हाकिम साबसँग कुरा गरेँ’, उनले भनिन्, ‘उहाँहरूले हामी मासिक पैसा पठाउने व्यवस्था मिलाउँछौँ भन्नुभयो, तर न त पैसा आयो न त मैलै उहाँको माया नै पाएँ, उल्टै बिहे गरेको थाहा पाएँ ।’

न्यायका लागी भौतारिँदा भौतारिँदै हरेस खाइसकेकी नेपालीले बनगाड कुपिण्डे नगरपालिकाको न्यायिक समितिमा समेत मानाचामल र छोरीको पालन पोषणको व्यवस्था गरी पाउँ भनी ०७५ चैत २० गते जाहेरी दिएको बताएन् ।

न्यायिक समितिले गराएको छलफलमा पतिले उल्टै मेरो तँसँग कुनै सम्बन्ध छैन जे गर्न सक्छेस् गर भनेर धम्की दिएपछि अदालतसम्म आउनु परेको बताइन् । नगरपालिकाको सिफारिस लिएर जिल्ला अदालतमा पुग्दासमेत प्रक्रिया नपुगेको भन्दै फिर्ता भएपछि इन्सेकको पहलमा मुद्दा दर्ता गरिएको इन्सेक प्रतिनिधि मीना बुढाथोकीले जानकारी दिइन् ।

पीडित विगत तीन दिनदेखि सल्यान सदरमुकाम खलंगामा रेस नेपालले सञ्चालन गरेको सुरक्षित आवास गृहमा आश्रय लिएर बसेकी छन् । उनी बिहिबार मात्रै माइतीघर जाजरकोट गएको रेस सल्यानका अध्यक्ष रामचन्द्र रेग्मीले जानकारी दिए । रेस नेपालले विभिन्न समयमा पीडित महिलाहरूलाई, आश्रय, काउन्सिलिङ र न्यायका लागि पहल गर्ने गरेको छ ।

प्रतिक्रिया