बोल्ने किताबबाट अंग्रेजी शिक्षण

काभ्रेपलाञ्चोक । नयाँ शैक्षिक सत्रबाट मन्डन देउपुर नगरपालिकाले आफ्नो नगरभित्रका विद्यालयमा बाल कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीका लागि अंग्रेजी शिक्षण गराउन ‘टकिङ टिचर’ (बोल्ने किताब) को व्यवस्थापन गरेको छ ।

नगरपालिकाका टोकबहादुर तामाङले आफ्ना विद्यालयमा ‘बोल्ने किताब’ बाट अध्यापन गराउन हाललाई ४० लाख रकम सहयोग गरेको बताए । उनले भने, ‘शिक्षा सुधार कार्यक्रमअन्तर्गत साना कक्षादेखि नै अंगे्रजी शब्दार्थ सिक्दै भाषामा पनि ज्ञान होस् भन्ने उद्देश्यले यो विधि लागू गरेका हौँ ।’ नपा क्षेत्रभित्र २८ आधारभूत, १२ माध्यमिक, एक क्याम्पस र ४२ वटा बालविकास केन्द्र छन् ।

व्यक्तिले अंगे्रजी शब्द उच्चारण गरेपछि विद्युतीय डिभाइसले शब्दको उल्था गरी अर्थसमेत भन्ने प्रणाली प्रत्येक कक्षामा व्यवस्थित गरिएको छ । यो प्रणाली विद्यार्थीका लागि अतिरिक्त ज्ञान हो । यसका लागि नपा कार्यालयले गत सालको असोजमा ‘क्रियटिभ इड्युटेन्टमेन्ट’ वल्र्ड नामक संस्थासँग सम्झौता गरेको थियो । बोल्ने किताबका टकिङ सेट, पेनड्राइभ, स्पिकर, चार्जर सामग्री हुन् ।

यस शिक्षा प्रणालीअन्तर्गत बालकक्षाका प्रतिविद्यार्थीका लागि एक र १ देथिानीय ५ कक्षासम्म अंग्रेजी र नेपालीको दुइवटा किताब दिइने योजना बनाइएको छ । स्थानीयवासी उमा र सहशिक्षालयका प्रधानाध्यापक सालिकराम श्रेष्ठले टकिङ टिचरको शिक्षण सजिलो एवं प्रभावकारी भएको बताए । साना कक्षामा अंगे्रजी विषयका लागि अतिरिक्त पाठ्यसामग्रीका रूपमा प्रयोग गरिने यस प्रणालीका लागि नपा कार्यालयले प्रत्येक विद्यालयको कक्षा ५ सम्मलाई बोल्ने किताबका सबै सामग्री खरिद गरिएको नगरपालिका प्रमुख तामाङले बताए ।

उनले भने, ‘साना कक्षाको शैक्षिक गुणस्तरीयताको यो वैकल्पिक माध्यम बन्नेछ, यसको प्रयोगात्मक कक्षामा साना कक्षाका भाइबहिनीले रुचिपूर्वक पढेको पाइयो ।’ उनका अनुसार नपाले शिक्षा सुधारका लागि यस वर्ष एक करोड बजेट छुट्याएको थियो ।

नपा कार्यालयले यही शैक्षिक सत्रदेथिानीय आफ्ना क्षेत्रको विद्यालयका विद्यार्थीलाई निःशुल्क पोशाक र कक्षा ५ सम्मका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्थापन गर्ने भएको छ । नपाप्रमुथानीय तामाङले नपाले केही महीनादेखि शिक्षकको तलब मासिक रूपमा उपलब्ध गराउँदै आएको तथा नगरभित्रका सबै विद्यालयमा विद्युतीय–हाजिरी मेसिन र इन्टरनेटको व्यवस्थापन गरिएको जानकारी दिए । उनका अनुसार वैशाख २ देखि ८ गतेसम्म वडास्तरीय भर्ना अभियान सञ्चालन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया