क्याम्पसलाई १६ लाख मूल्यको पुस्तक हस्तान्तरण

स्याङ्जा । चापाकोट नगरपालिका–२ स्थित चापाकोट क्याम्पसलाई गण्डकी सामाजिक गुठी काठमाडौँले करीब रु १६ लाख मूल्य बराबरका पुस्तक हस्तान्तरण गरेको छ । हस्तान्तरण गरिएका पुस्तकमा पाठ्यसामग्री, डिस्नेरी (शब्दकोष), साहित्य र संस्कृत शिक्षा सम्बन्धी रहेको गुठीका अध्यक्ष दामोदरप्रसाद गैरेले जानकारी दिए ।

गुठीले अहिलेसम्म रु ३२ लाख ८६ हजार ६३३ मूल्य बराबरका २६ लाख ४६२ थान पुस्तक हस्तान्तरण गरिसकेको उनले बताए ।  चापाकोट क्याम्पस सञ्चालक समितिका मोहनप्रसाद आर्चाले गुठीबाट प्राप्त पुस्तकको व्यवस्थापनका लागि पुस्तकालयको निर्माण गर्ने बताउँदै पुस्तकालयको व्यवस्थापन गर्न स्रोतको खोजीमा लाग्ने धारणा व्यक्त गरे ।

गुठीले पहिलो पटक गोरखाको दव्र्यशाहा बहुमुखी क्याम्पस गोरखामा दुई हजार ५६१ थान पुस्तक हस्तान्तरण गरेर आफ्नो पुस्तक यात्रा सुरु गरेको थियो ।

प्रतिक्रिया