राष्ट्रिय सभागृहमा कफी सम्मेलन सुरु

काठमाडौँ । कफी पारखीहरु तथा कफी खेतीतर्फ निजी क्षेत्रलाई आकर्षित गर्ने उद्देश्यले आजबाट काठमाडौँको राष्ट्रियसभा गृहमा दुई दिने कफी सम्मेलन सुरु भएको छ । उक्त सम्मेलनको उद्घाटन नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गरेका थिए ।

आयोजकका अनुसार अन्तर्राष्ट्रिय बजारमा वार्षिक आठ हजार मेट्रिक टन नेपाली कफीको माग छ। तर, नेपालको उत्पादन पाँच सय १३ मेट्रिक टन मात्रै रहेको छ। त्यसमध्ये ८४ मेट्रिक टन मात्रै निर्यात हुँदै आएको छ । बाँकी कफी नेपालमा नै खपत हुँदै आएको छ । हाल देशका विभिन्न ४२ जिल्लामा कफी खेती गरिँदै आएको छ । सम्मेलनका क्रममा विभिन्न प्रकारका कफीहरुको स्टलहरु पनि राखिएको छ ।

प्रतिक्रिया