गायक रामजी खाँणको ‘बन फुल’ सार्वजनिक (भिडियो)

काठमाडौँ । पछिल्लो समयमा नेपाली लोकदोहोरी क्षेत्रको विभिन्न पाटो अँगाल्दै चर्चामा रहेका गायक रामजी खाँणको बिल्कुलै नयाँ गीत ‘बन फुल’ सार्वजनिक भएको छ । गीतकार सुजन लम्सालद्वारा शब्द रचना गरिएको उक्त गीतमा गायक खाँण र शिला गुरुङको आवाजमा सजाइएको छ भने रामजी आफैले संगीत भरेका हुन् ।

मारुनी स्टुडियोमा रेकर्ड गरिएर तयार पारिएको सोही गीतमा कृष्ण बिकको संगीत संयोजन रहनुका साथै कुमार राना मगरले मिक्सिङ गरेका छन् । त्यस्तै निर्देशक शिव बिकको निर्देशनमा उक्त गीतको भिडियो तयार भएको छ भने नवराज उप्रेतीको छायांकन रहेको छ ।

सोही भिडियोमा रामजी खाँण आफै र छुल्टिम गुरुङले अभिनय गरेका छन् । बिकाश ज्ञवालीले सम्पादन गरेको गीतको भिडियो रामजी खाँणको आफ्नै युट्युब च्यानलमार्फत यही बैशाख २ गते सार्वजनिक गरिएको छ । नेपालि लोक संस्कृतिको मौलिकतामै मर्यादित रहेर हरेक युवा युवातिहरुबिचको मायाँ प्रेम तथा हरेक परिवेशलाई गीतको शब्दमा उठाइएको गायक खाँणको भनाई छ ।

दर्जनौं गीत बजारमा ल्याएर चर्चा पाएका उनले यस गीत पनि नयाँ बर्षको सुरुवातमै आम दर्शक स्रोताका लागि आफ्नो कोसेली स्वरुप बजारमा ल्याएकाले सबैको रोजाइमा पर्ने जिकिर गरे । गायक खाँण लोकदोहोरी क्षेत्रको विभिन्न पाटोलाई एकैसाथ अघि बढाउँदै आएका छन् ।

गायनदेखि संगीतकार, मोडल लगायतमा उनि सबैमाझ परिचित छन् । गायक रामजी खाँण नेपालकै पहिलो रियालिटी शो ‘नेपाल लोक स्टार’ को निर्णायकमा पनि छानिएर केही दिन अघि मात्रै देशका विभिन्न जिल्ला र ७ ओटै प्रदेशमा अडिसन सम्पन्न गरेर राजधानी काठमाडौँ फर्किएका हुन् । भिडियो तल हेर्नुहोला 

प्रतिक्रिया