एक किलो सुनसहित पक्राउ

लुम्बिनी । नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको एक किलोग्राम सुनसहित एक व्यक्तिलाई सीमावर्ती भारतीय प्रहरीले बरामद गरेको छ ।

भारतीय सीमा सुरक्षा बलले आइतबार डण्डा हेडको बाटो हुँदै भारततर्फ जाँदै गरेको लु ४२ प ७६१९ नंको स्कुटी जाँच गर्ने क्रममा उक्त स्कुटीमा लुकाई राखेको सो सुन बरामद गरिएको एसएसबीका निरीक्षक विकास रायले बताए ।

सुनसहित भारतीय प्रहरीले उक्त स्कुटीका चालक भैरहवा निवासी धनवत अग्रवाललाई पनि पक्राउ गरी थप कारवाहीका लागि नौतनवास्थित भारतीय भन्सार कार्यालय पठाएको छ ।

उक्त घटनाबारे सीमावर्ती नेपाली सुरक्षा अधिकारी भने अनभिज्ञ छ । सीमावर्ती जिल्ला रुपन्देहीका प्रहरी नायब उपरीक्षक धर्म भण्डारीले सुन बरामद र नेपाली पक्राउको विषयमा अहिलेसम्म आफूहरुलाई कुनै जानकारी नभएको बताए ।

प्रतिक्रिया