बसमा आगजनी गर्ने पक्राउ

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मालबासे पेट्रोल पम्प नजीक आज बिहान रोकिराखेको बसमा आगजनी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

उर्लाबारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार बिहान साढे ३ बजे सो स्थानमा राखिरहेको ना ४ ख ४९ नंको बसमा आगजनी गर्ने सर्लाही घर भई उर्लाबारी–७ मा बस्दै आएका ३७ वर्षीय रामहरि माझीले मादक पदार्थ सेवन गरेर बसमा आगजनी गरेको बयान दिएका छन् । उनको साथबाट एक थान लाइटर बरामद भएको छ ।

प्रतिक्रिया