खेल-खेलाडी

टोटेनह्यामको फराकिलो जित

सौर्य अनलाइन २०७६ वैशाख २ गते ९:२२ मा प्रकाशित

 

एजेन्सी । टोटेनह्याम हट्सपरले इंग्लिस प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ । घरेलु मैदानमा शनिबार राती भएको खेलमा टोटेनह्यामले हड्सफिल्डलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो । टोटेनह्यामको जितमा मौराले ह्याट्रिक पूरा गर्दा भिक्टर वानयामाले एक गोल थपे ।

एकपक्षीय बनेको खेलमा टोटेनह्याम २४औँ मिनेटमा भिक्टर वानयामाको गोलबाट अग्रता लिएको थियो । उनले फर्नान्डो लोरेन्टेको पासमा गोल गरेका थिए । २७औँ मिनेटमा लुकास मौराले गोल गर्दै टोटेनह्यामको अग्रता दोब्बर बनायो । उनले मौसा सिसिकोको पासलाई सदुपयोग गरेका थिए । ८७औं मिनेटमा क्रिस्यिन इरिक्सनको पासमा मौराले गोल थपेपछि टोटेनह्याम ३–० ले अघि बढ्यो ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मौराले ह्युङ मिन सनको पासमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि टोटेनह्याम ४–० को फराकिलो जित निकाल्यो । जितसँगै टोटेनह्याम ३३ खेलबाट ६७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । अर्काे सिजनको च्याम्पियन्स लिगका लागि छनोटनजिक रहेको छ । हड्सफिल्ड २० अंकसहति रेलिगेसन जोनको पुछारमा छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय