खेल-खेलाडी

बेंग्लोरको पहिलो जित

सौर्य अनलाइन २०७६ वैशाख २ गते ९:१७ मा प्रकाशित

एजेन्सी, चन्डीगढ । इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा रोयल च्यालेन्जर्स बेंग्लोरले पहिलो जित निकालको छ । जारी प्रतियोगितामा लगातार ६ खेलमा पराजित भएको विराट् कोहलीको कप्तानीमा रहेको बैंग्लोरले किंग्स इलाभेन पञ्जाबलाई ८ विकेटले पराजित गरेको हो ।

१ सय ७४ रनको लक्ष्य पछ्पाएको बेंग्लोरले ४ बल अगाडीनै २ विकेटको क्षतिमा पुरा गर्यो । बेंग्लोरको जितमा नायक बनेका एबी डी भिलियर्स ३८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै रनमा ५९ अविजित रहे । मार्कस स्टोइनिसले १६ बलमा ४ चौका सहित २८ रन जोडे । ओपनर तथा कप्तान विराट कोहलीले ५३ बलमा ८ चौका प्रहार गर्दै ६७ रनमा आउट भए । कोहलीलाई १६ ओभरको तेस्रो बलमा मोहम्मद सामीले मुरुगन आश्विनबाट क्याच आउट गराए ।

त्यसअघि पार्थिव पटेलसँग कोहलीले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । चौथो ओभरको पाँचौ बलमा आश्विनले क्याच आउट गराउनुअघि ९ बलमा ४ चौका प्रहार गर्दै १९ रनमा पेभिलिएन फर्किए । कोहली र एबी डी भिलियर्सले दोस्रो विकेटका लागि ८५ रनको साझेदारी गर्दै इनिङ्स उकासे । १८ औं ओभरका एन्ड्रयू टाइलाई मार्कस स्टोइनिसले २ चौका र डी भिलियसले १ छक्का प्रहार गर्दै कुल १८ रन जोडेपछि बेंग्लोरको जित सहज बनेको थियो ।

पन्जाबका लागि मोहम्मद सामी र रविचन्द्र आश्विनले समान १ विकेट लिए । त्यस अघि घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जावले निर्धा्रित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७३ रन बनायो । पन्जावलाई बलियो अवस्थामा पु¥याउन ओपनर क्रिस गेल सानदार ब्याटिङ गरेपनि शतक बनाउन १ रनले चुके ।

नटआउट रहेका गेलले २०औँ ओभरको चौथो बलमा मोहम्मद सिराजलाई चौका प्रहार गर्दै आफ्नो व्यक्तिगत स्कोर ९५ पु¥याए । पाँचौं बल डट भएपछि अन्तिममा चौका प्रहार गरे पनि गेलको शतक १ रनले पुगेन । गेल ६४ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै ९९ रनमा नट आउट रहे पनि त्यो जितको लागि प्राप्त रहेन । गेलले ओपनर लोकेश राहुलसँग पहिलो विकेटका लागि ६६ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए ।

सातौं ओभरको दोस्रो बलमा युजवेन्द्र चाहलले विकेट किपर पार्थिव पर्टेलबाट स्टम्पिङ आउट गराउनुअघि राहुलले १५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १८ रन जोडे । मयंक अग्रवाल र सरफराज खान समान १५ रनमा आउट भए । मन्दीप सिंह १८ रनमा अविजित रहे । बेंगलोरका लागि युजवेन्द्र चाहलले २, मोइन अली र मोहम्मद सिराजले समान १ विकेट लिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय