मलेसियामा बस दुर्घटना, दुई नेपालीसहित १० जनाको ज्यान गयो

काठमाडौं । मलेसियाको क्वालालाम्पुरमा आइतबार राति भएको बस दुर्घटना हुँदा दुई नेपालीसहित १० जनाको १० ज्यान गएको छ । उक्त दुर्घटनामा नेपाली नागरीक रामु चौधरी र जागरनाथ सिंह दनुवार रहेका छन् । उनीहरुको ठेगाना भने खुल्न सकेको छैन ।

त्यस्तै अन्यमा बंगलादेशी, म्यानमार र मलेसियन नागरिक को ज्यान गएको बताइएको छ भने ३४ जना घाइते भएका छन् । ४३ जना यात्रु लिएर गुडेको बसमा सबै यात्रु एमएएस कार्गो कम्पनीका कर्मचारी रहेको बताइको छ छ ।

प्रतिक्रिया