कांग्रेस नेता सिटौला अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भएका छन् । काठमाडौँको ह्याम्स अस्पतालमा पाँच दिनको उपचारपछि नेता सिटौला आज घर फर्कीएको उनका सहयोगी प्रेम भट्टराईले जानकारी दिए । शुुक्रबार साँझ अचानक स्वास्थ्यमा गडबडी भएपछि उनि अस्पताल भर्ना भएका थिए ।

उनको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचाप समेत घटेकाले आइसियुमा राखेर उपचार गरिएको थियो । नेता सिटौलालाई रगतको मात्रा बढाउन शुक्रबार र शनिबार रगतसमेत दिइएको थियो ।

प्रतिक्रिया