मंकाः खलमा दुर्गालाल

काठमाडौं । नेपाल भाषाको संरक्षण, प्रवद्र्धन तथा विकास गर्ने लक्ष्यका साथ स्थापित नेपाल भाषा मंकाः खलः जनकवि दुर्गालाल श्रेष्ठको अध्यक्षतामा पाँच सदस्यीय कार्यसमिति पुनर्गठन भएको छ ।

खलःका सदस्यको भेलाले खलःलाई पुनर्गठन गरी अगाडि लैजाने निर्णय गरेको हो । सो संस्थाका सदस्यमा गणेश सायमी, मल्ल के सुन्दर, किरण श्रेष्ठ र राजा शाक्य रहेका छन् ।

प्रतिक्रिया