दिपेश र प्रिन्स प्रिक्वार्टरमा

काठमाडौं । एपिएफका दिपेश धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल १५औं कृष्ण मोहन स्मृति राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ प्रिक्वाटरफाईनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको दोश्रो दिन दिपेशले म्याग्दीका विजय बानियालाई २१–८, २१–८ को समान अंकले पराजित गर्दै अन्तिम सो¥हमा प्रवेश गरेका हुन् । यसतै दुबई अन्तर्राष्ट्रिय जुनियर प्रतियोगितका स्वर्ण पदकधारी प्रिन्सले अन्तिम १६ प्रवेश गर्ने क्रममा एपिएफका ईन्द्र महतालाई २१–१२, २१–१०को सोझो सेटमा पराजित गरे ।

यस्तै प्रिक्वार्टर प्रवेश गर्ने क्रममा पेम्बा शेर्पा, गौतम सिंह कठायत, सुदीप सेढाई, निरञ्जन देवकोटा, विजित थापा मगर, सुनिल जोशी निर विक्रम देवकोटा र साजन कृष्ण ताम्राकार पनि आफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै प्रिक्वार्टरमा स्थान पक्का गर्न सफल भए । पेम्बाले नेपाल प्रहरीका हिरा राईलाई २०–२२, २१–१९, २३–२१ ले, गौतमले इटहरीका भोजबहादुर गुरुङलाई २१–१५, २१–१५ ले, सुदीपले कञ्चनपुरका गोकुल जोरालाई २६–२४, २१–१३, निरञ्जनले सेनाका विशाल खड्कालाई २१–१४, २१–१९, विजितले जेष्ट ब्याडमिन्टन एकेडेमीका सुजन थापालाई २१–१७, २१–१९, सुनिल जोशीले पुलिसका पूर्णबहादुर थापालाई २१–९, २१–१६, नीरविक्रमले जेष्टकै अखिल श्रेष्ठलाई २१–१६, २१–१३ ले तथा साजनले कैलालीका अमृत चौधरीलाई २१–१३, २१–१५ ले पाखा लगाए ।

हलचोकस्थित एपिएफको कभर्डहलमा भएको प्रतियोगिताको प्रतियोगितामा सेनाका प्रफुल महर्जन, दिवश संकर र रुकेश महर्जनले पनि प्रिक्वाटरमा स्थान बनाए । प्रफुलले जेष्टका अनिष खतिवडालाई २१–७, २१–११, दिवशले स्वयम्भूका गोकुल तामाङलाई २१–९, २१–१३ र रुकेशले एपिएफका सुमन लिम्बूलाई २१–१३, २१–१६ ले पराजित गरे ।

यस्तै जित निकाल्दै अन्तिम सो¥हमा प्रवेश गर्ने क्रममा नेपाल पुलिसका दीपक बोहरा, विष्णु कटुवाल र जीवन आचार्य पनि रहे । दीपकले सेनाका पविन लिनथेपलाई २१ । १७, १९ । २१, २१ । १५, विष्णुले जेष्टका अनिष तामाङलाई २१ । ८, २१ । १०ले तथा जीवनले एपिएफका प्रियांशु सिंह क्षेत्रीलाई २१ । १४, २१ । ११ ले पराजित गरे । पुरुष युगल तर्फको खेलमा पनि प्रिन्स दाहाल अन्तिम १६ मा स्थान बनाउन सफल भए ।

प्रिन्सले एपिएफका निर विक्रम देवकोटासंग मिलेर ललितपुरका मनिष बज्राचार्य र रकेश शाक्यको जोडीलाई २१ । ११, २१ । ९ ले पराजित गर्दै अन्तिम १६ प्रवेश गरेका हुन् । एपिएफका दीपेश र विजित थापामगरको जोडी पनि बाई हात पार्दै अन्तिम १६ मा सिधै प्रवेश गरे । यस्तै बाई हात पार्दै सिधै प्रिक्वाटर प्रवेश गर्ने अन्य जोडीमा त्रिभुवन आर्मीका रुकेश महर्जन र पविन लिनथेप तथा प्रफुल महर्जन र सुरोज महर्जनको जोडी पनि रहे ।

पुरुष युगल तर्फ एपिएफ र म्याग्दीका मनोज डगौरा र विजय बानियाको जोडीले ललितपुरका निशेष राज शाक्य र सुजित महर्जनको जोडीलाई २१ । १३, २१ । १३ ले, एपिएफका विशाल प्रधार र विमल श्रेष्ठको जोडीले धादिङका मोहन गुरुङ र रुपक श्रेष्ठको जोडीलाई २१ । ९, २१ । १० ले, एपिएफका पेम्बा शेर्पा र प्रियांशु सिंह क्षेत्रीले जेष्टका राम बानिया र सुजन थापाको जोडीलाई २१ । १७, १२ । २१ र २१ । १९ले, पुलिसका दीपक बोहरा र जीवन आचार्यको जोडीले जाजरकोटका राजु भँडेल र ठगेन्द्र रानाको जोडीवाट वाक ओभर, सूर्खेत र बाराका नरेन्द्र बम र अनिश खतिवडाको जोडीले एपिएफका राजीव पोद्दार र गणेश पराजुलीको जोडीलाई २१ । १८, २१ । १८ ले पराजित गरेका थिए ।

सोही विधामा एपिएफका सुमन लिम्बु र जोसेफ अधिकारीको जोडीले किर्तिपुरका सुरेश बज्राचार्य र बेनु महर्जनलाई २१ । १४, २१ । १८ले, पुलिसका अनिष श्रेष्ठ र गौरव दाहालको जोडीले बुल्स जिमका नारायण दाहाल र लवराज निरौलाको जोडीवाट वाक ओभर, एपिएफका सुनिल जोशी र गौतम कठायतको जोडीले सोयंभुका गोकुल तामाङ र दिल बहादुर गुरुङको जोडीलाई २१ । १४, २१ । १३ ले, र सुदीप सेढाई र साजन कृष्ण ताम्रकारको जोडीले फ्लेक्स ग्रुपका विरेन्द्र बुढाथोकी र मनोज डंगगोलको जोडीबाट वाक ओभर, पुरुष युगलमै एपिएफ र पुलिसका निरञ्जन देवकोटा र पूर्णबहादुर थापाको जोडीले रुपन्देहीका दीप सूर्यबंशी र रोशन कुमालको जोडीलाई २१ । १०, २१ । १६ले, जेष्ट ब्याडमिन्टनका दीपक राना र आशिष तामाङले एपिएफका रमेश शेर्पा र पूर्ण बहादुर बुढाथोकीको जोडीलाई २१ । १९, २१ । १९ ले तथा पुलिसका हिरा राई र सोनाम खपांगीको जोडीले मैत्रीनगरका सन्तोष कुमार पन्त र सुशिल पौडेलको जोडीलाई २१ । ११, २१ । ११ ले हराउँदै प्रिक्वार्टरमा प्रवेश गरे ।

मास्टर्स ३५ वर्षमाथिको खेलमा एपिएफका कमल गिरी र सुधिर सुवेदीको जोडी एपिएफकै हर्क राज पन्त र लक्ष्मण थापाको जोडीलाई २१ । १६, २१ । १४ को जित निकाल्दै दोश्रो चरण प्रवेश गरे । प्रतियोगितामा पुरुष/महिला एकल तथा युगल, मिश्रीत युगल, १७ बर्ष मूनिको छात्र तथा छात्रा, निजामती कर्मचारी, सशस्त्र, पुलिस र सेनाका कर्मचारीहरूका लागि मास्टर्स ३५ वर्षमाथि, ४५ र ५५ बर्ष माथिको भेट्रान्स गरि कुल २८७ खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् ।  प्रिक्वाटरका सवै खेलहरू भोली हुने कार्यक्रम रहेको छ । सोमबारको पहिलो खेल पुरुष एकल बिहान ९ बजे बाट संचालन हुने रेफ्रि किरण गोपाल कारञ्जितले बताएका छन् ।

प्रतिक्रिया