नेपाली बजारमा डाट्सन गोको नयाँ मूल्य

काठमाडौं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले नेपाली बजारमा ड्याट्सन गो गाडीको नयाँ खरिद मूल्य सार्वजनिक गरेको छ । कम्पनीले नेपाली बजारमा ड्याट्सनको गोए (शून्य), गोटी र गोटिओ गरी तीन भेरियन्ट बिक्री गर्दै आएकोे छ ।

यी गाडीको सरुआती मूल्य २४ लाख ९९ हजारबाट सुरु हुने कम्पनीले जनाएको छ । नयाँ ड्याट्सन गो गाडीमा अभूतपूर्व विशेषताहरू रहेका छन् । यसमा विद्यमान रहेको विशेषता र आरामदायी, सुरक्षा तथा स्टाइलिसबाट ड्राइभिङ अनुभवको जीवन्तता प्राप्त गर्न सकिन्छ । कारले नयाँ युगका लागि जापानीज प्रविधियुक्त इन्जिन, इन्धन किफायती, बस्नका लागि धेरै स्पेस तथा सुरक्षाजस्ता पक्षहरूको सर्वोत्तम प्याकेज प्रदान गरेको छ ।

नयाँ ड्याट्सनगोमा २८ विभिन्न विशेषता तथा सय बढी अपडेटहरू विद्यमान रहेका छन् । यसमा एनड्रोइड अटोप्ले र एप्पलकार प्लेको साथ ७ इन्चको टच अडियो, १४ इन्चको डाइमन्ड–कट अलोय ह्वील, सेफ्टी प्याकेज– डुयल एयर ब्याग, एबिएस, इबिडी, बिए तथा पार्किङ सेन्सरको सुविधा दिइएको छ । १ सय ८० एम। एमको ग्राउन्ड क्लियरेन्स दिइएको छ । यसमा २ हजार ४ सय ५० एम। एमको ह्वील वेस, २ सय ६५ लिटर लगेज स्पेस, ४ दशमलव ६ एम टर्निङ रेडियस दिइएको छ ।

प्रतिक्रिया