महालक्ष्मीको बिमा सेवा एनसिसी बैंकबाट पनि

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक ९एनसीसी बैंक० र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बिमा पोलिसी बिक्री गर्ने गरीे सोमबार सम्झौता भएको छ । सम्झौताअनुसार एनसिसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरूबाट महालक्ष्मी लाइफ इन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र महालक्ष्मी लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरे ।

प्रतिक्रिया