नेपाल आइडलका रवि सम्मानित

कैलाली । गीत संगीतमार्फत सुदूरपश्चिमको नाम राखेको भन्दै दोस्रो नेपाल आइडलका रवि ओडलाई सम्मान गरिएको छ । कैलाली उद्योग वाणिज्य संघले ‘सुदूरपश्चिम महोत्सव–०७५’ को अवसरमा नवप्रतिभा सम्मानद्वारा सम्मान गरेको हो । उद्घाटनका दिन सम्मान गर्ने कार्यक्रम भए पनि उपस्थित हुन नसकेपछि रविलाई आइतबार सम्मान गरिएको संघका अध्यक्ष पुष्पराज कुँवरले जनाए ।

 

महोत्सवको सन्दर्भ पारेर सुदूरपश्चिममा रहेका प्रतिभालाई प्रोत्साहन स्वरूप हरेक वर्ष सम्मान गर्दै जाने संघले लक्ष्य राखेको अध्यक्ष कुँवरले बताए । रविले आफूलाई योग्य देखेर सम्मान गरेकोमा संघलाई धन्यवाद दिँदै गर्व लागेको बताए । उनले सम्मानले आफूमा जिम्मेवारी थपिएको महसुस भएको धारणा राखे ।

प्रतिक्रिया