चौध बर्षिया किशोरीमाथी सामुहिक बलात्कार

काभ्रे । चौध बर्षिय एक किशोरीमाथी सामुहिक बलात्कार भएको छ । गत चैत्र ३ गते बेलुकीपख ५ बजेको समयमा जिल्लाको मण्डन देउपुर नगरपालिका वडा नं ०६ ईन्द्रावती खोलामा बालुवा चाली बेलुका टिपरमा चढी घर फर्कदै गरेकी १४ बर्षीया कीकिशोरीलाई सोही गाडी चालक प्रकाश राई दनुवारले ललाई फकाई गरी उनका साथीहरू समेत बोलाएर सामुहिक बलात्कार गरेको घटना पत्ता लागेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दनुवारले साथीहरुलाई समेत बोलाई सोही खोला किनारामा रहेको चालक चाउरे भन्ने सुनिल राई दनुवारले चलाउदै गरेको बा ४ ख ७५६९ नम्बर को भाडामा लिएको टिपर गाडीमा जबरजस्ती भित्र लगेर डरत्रासमा पारी पालै पालो ४ जनाले जबजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

आफू सामुहिक बलत्कृत भएको भन्दै पिडितका तर्फबाट आफन्तले चैत्र ५ गते जिल्ला प्रहरी कार्यालय काभ्रेमा किटानी जाहेरी दिएका थिए । सोही किटानी जाहेरीका आधारमा प्रहरीले अनुसन्धानको सिलसिलामा सामुहिक बलात्कारको घटनामा संलग्न लाई पक्राउ गरि जिल्ला अदालत काभ्रेबाट म्याद थप गरि घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिएसपी दिपक गिरीले जानकारी दिए ।

उनले भने, ’ घटनामा संलग्न भएको किटानी जाहेरी परेको छ, त्यसैका आधारमा जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नंम्बर ६ बस्ने वर्ष २१ को प्रकाश राई दनुवार, सोही स्थान बस्ने वर्ष २३ को पुष्कर राई, नमोबुद्ध नगरपालिका वडा नंम्बर ७ बस्ने वर्ष २१ को राम कुमार राई , सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका वडा नंम्बर–११ भिमटार भिस्तान बस्ने वर्ष २२ को चाउरे दनुवार भन्ने सुनिल दनुवार रहेको र उनीहरू माथी थप अनुसन्धान भइरहेको गिरीले बताए ।

प्रतिक्रिया