कम्युनिष्ट सरकार आफ्नै कारणले ढल्छ: नेता लेखक

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री रमेश लेखकले वर्तमान नेपाल कम्युनिष्ट पार्टीको सरकार आफ्नै फितलो गतिविधिका कारण ढल्ने दाबी गरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिती बैतडीद्वारा आयोजित मेलौली नगरपालिकाको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता लेखकले सो कुरा बताएका हुन् ।

उनले कम्युनिष्ट सरकार संघीयताको बिरोधी भएको बताउँदै संघीयता र गणतन्त्र आन्दोलनबाट आउँछ भन्ने कुरा आफुलाई बिश्वाश नै नलागेको बताए । नेता लेखकले २०६२/६३ को शान्ति सम्झौतामा एमालेका नेताहरुको घरमा गएर हस्ताक्षर गराएको र कम्युनिष्टहरुको झुठा आश्वाशन आम जनताले बुझिसकेको ठोकुवासमेत गरे ।

उनले कम्युनिष्ट सरकारबाट निराश भएका आम जनतालाई आशावादी बनाउन नेपाली कांग्रेससँग मात्रै क्षमता भएको जिकिर गरे । सोही क्रममा बोल्दै कांग्रेस नेता लेखकले कम्युनिष्ट पार्टी तथा केपी शर्मा ओलीको वर्तमान सरकारले आम जनता समक्ष बोलेका झुठा आस्वाशन प्रति सत्तारुढ दल कम्युनिष्ट पार्टी भित्रैका कार्यकर्ता असन्तुष्ट रहेको पुष्टी गरे ।

कार्यक्रममा बोल्दै नेता लेखकले भने, ‘सरकारबाट संविधान नै असुरक्षित बनेको छ, सरकारका गतिविधि र हरेक काम कारबाही संविधान भन्बिदा परित दिशामा गएकाले देशको संघियता नै जोखिममा परेको छ । उक्त कार्यक्रममा उनले प्रधानमन्त्री शर्मा ओली तानाशाही बाटोमा लागेको गम्भीर आरोप लगाए ।

प्रतिक्रिया