काबुलमा विस्फोट, ६ जनाको मृत्यु, २३ घाइते

काबुल । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको बम विस्फोटमा परी छ जनाकोे मृत्यु भएको छ ।राजधानीमा रहेको सिया मुसलमान समुदायको बसोबास रहेका फारसी भाषीहरुले नयाँ वर्ष मनाइरहेका समयमा सो विस्फोट भएको छ । यस युद्धग्रस्त देशमा भएको यो पछिल्लो आक्रमण हो ।

काबुलमा आज बिहान भएको एक विस्फोटमा परी ६ जनाको मृत्यु हुनुको साथै अन्य २३ जना घाइते भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिदुल्लाह मयारले एएफपी समाचार समितिलाई बताएका छन् ।

काबुल विश्वविद्यालय र एक तीर्थस्थलको नजिकै फारसी भाषीहरुको नयाँ वर्षको विदा मनाउन बसेका अफगान नागरिकको भीडमा उक्त विस्फोस्ट भएको थियो । अफगानिस्तानका सिया मुसलमान समुदायलक्षित आइएस आतङ्ककारी समुहले पनि बारम्बार आक्रमण गर्दै आएको छ ।

प्रतिक्रिया