आफ्नै साथीले चलाएको गोली लागेर जम्मु काश्मिरमा तीन प्रहरी जवानको मृत्यु

उधमपुर । भारत नियन्त्रित जम्मु काश्मिरमा खटिएका तीन जना सशस्त्र फौज सिआरपिएफका जवानको आफ्नै साथीले चलाएको गोली लागेर मृत्यु भएको छ ।

साथीलाई गोली हान्ने जवानले आफैंले पनि आफूमाथि गोली चलाएका थिए । उनको अवस्था गम्भीर रहेको बताइएको छ । सिआरपिएफका कमान्डर हरिन्दर कुमारले घटनाको पुष्टी गर्दै घटनाको मुख्य कारण पहिल्याउने प्रयास भइरहेको जानकारी दिए ।

प्रतिक्रिया