सुरजको ‘नाचन नाचन’

काठमाडौं । गायक सुरजकुमार थापाको आवाज रहेको ‘नाचन नाचन’ बोलको गीत सार्वजनिक भएको छ । सन्तोष बस्न्यातको शब्द, संगीत तथा प्रस्तुति रहेको उक्त गीतमा गायन तथा संगीत संयोजन गायक थापाकै रहेको छ । अमृत शाही ठकुरी, मोनिका तामाङ, सन्तोष बस्न्यात, आर्य केसी र सन्देश शर्मा लगायतका कलाकारको अभिनय रहेको गीतको भिडियो ज्ञानेन्द्र शर्मा हुँमागाईंले छायांकन गरेका छन् ।

विकास ज्ञवालीले सम्पादन गरेको भिडियोको नृत्य निर्देशन रे ज्याक खड्का र सहायक निर्देशन निरञ्जन महतले गरेका छन् । विगत १५ वर्षदेखि सांगीतिक समूह ‘नेपथ्य’ मा आबद्ध रहेका गायक थापा विगत १७ वर्षदेखि संगीत प्रशिक्षणमा सक्रिय छन् ।

प्रतिक्रिया