चौधरीलाई फेसन उपाधि

रूपन्देही । फेसन डिजाइनलाई व्यावसायिक ढंगले स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको ‘फेसन डिजाइनर कन्टेस्ट’ को उपाधि शान्ति चौधरीले हात पारेकी छन् । नेभारा फेसन डिजाइनर इन्स्टिच्युट बुटवलले आयोजना गरेको उक्त प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै नवलपरासीकी शान्तिले उपाधि जितेकी हुन् ।

प्रतियोगितामा चौधरीले उपाधिसहित ताज, मेडल र प्रमाणपत्र हात पारिन् । त्यस्तै, बुटवलकी विनिता थापा फस्ट रनरअप, बुटवलकै माइया थारू सेकेन्ड रनरअप र रिना थापा क्षेत्रीले भ्युअर्स च्वाइसको उपाधि हात पार्न सफल भए । प्रतिस्पर्धी नेपाली, आधुनिक तथा विभिन्न जनजातिका पहिरनसहित प्रस्तुत भएका थिए ।

बुटवलमा फेसन डिजाइनको माहोल सिर्जना गर्न र सुस्ताएको प्रतिस्पर्धालाई निरन्तरता दिन कार्यक्रमको आयोजना गरिएको इन्स्टिच्युटका प्रबन्ध निर्देशक ध्रुव रानाले बताए ।

प्रतिक्रिया