ताप्लेजुङमा अन्तर्राष्ट्रिय चेस हुने

काठमाडौं । तेस्रो थेचम्बो याङवारक अन्तराष्ट्रिय खुला चेस प्रतियोगिता ९ देखि १४ बैशाखसम्म ताप्लेजुङको चेथम्बोमा आयोजना हुने भएको छ । थेचम्बो याङवारक चेस एसोसीसन र ताप्लेजुङ जिल्ला बुद्धीचाल संघका आयोजनामा हुने प्रतियोगिताको पुरस्कार राशी ५ लाख १ हजार ५ सय रुपैयाँ रहेको छ ।

प्रतियोगिताको दौरान नेपालका राष्ट्रिय च्याम्पियनहरूको सम्मान कार्यक्रम पनि आयोजना हुने आयोजक कमिटकिा प्रमुख राजकुमार मेयाुङवोले जानकारी दिए । फीडे आर्बीटर भवानी लिम्बुको नेतृत्वमा रहने प्राबीधीक टोलीले प्रतियोगिता सञ्चालन गर्ने छ । प्रतियोगिताको उपाधि विजतोले ५० हजार, उपविजेताले ३५ हजार तथा तेश्रो हुनेले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यसैगरी, चौथो हुनेले २१ हजार ,पाँचौँ हुनेले २० हजार र छैटाँै हुनेले १९ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी, सातौँले १८ हजार, आठौँले १७ हजार, नवौले १६ हजार तथा १०औँ हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । ११औँ देखि १५ औँ हुनेले १२ हजार रुपैयाँँ पाउनेछन् ।

क्याटोगोरी पुरस्कारतर्फ प्रदेश एकको शर्षि तीन स्थान पाउने खेलाडीले १० हजार, सात हजार र ६ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । महिला तर्फ शीर्र्ष तीन खेलाडीले ९ हजार,६ हजार र ५ हजार रुपैयाँ तथा भेट्रान तर्फ पनि शीर्र्ष तीन खेलाडीले सोही रकम बराबरको पुरस्कार पाउनेछन् । यु–१६ तर्फका शीर्र्ष तीन खेलाडीले १० हजार, ७ हजार तथा ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

ताप्लेजुङका शीर्र्ष तीन खेलाडीले १० हजार, ७ हजार र ६ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । याुङवारक उत्कृष्टले पनि सोही रकम बराबरको पुरस्कार पाउनेछन् । उत्कृष्ट थेचम्बोतर्फ शीर्र्ष ५मा रहने खेलाडीले ६ हजार, ५ हजार, ४ हजार ३ हजार र २ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । अनरेटेड तर्फ शीर्र्ष तीन स्थान पाउने खेलाडीले ९ हजार, ६ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

१५ सय मुनी रेटिङको उत्कृष्टले ८ हजार, १७सय मुनी रेटिङको उत्कृष्टले ८ हजार र १९ सय मुनी रेटिङको उत्कृष्टले पनि ८ हजार रुपैयाँ नै पुरस्कार पाउनेछन् । अनुशाषित खेलाडीले ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । राइजिङ खेलाडीको पुरस्कार २ हजार, १ हजार ५ सय र १ हजार रुपैयाँ राखिएको छ । प्रतियोगिता स्वीस लिगको आधारमा नौ चरणको हुनेछ ।

प्रतिक्रिया