आठौँ राष्ट्रिय खेलकुद प्रदेश–२ छनोट तेक्वान्दो खेलाडी छानिए

काठमाडौं । आठौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश–२ बाट तेक्वान्दो खेलाडी छनोट भएका छन् । ग्योरोगीतर्फ समान ८–८ पुरुष/महिला गरी १६ खेलाडी छनोट भए । पुम्सेमा समान ३/३ पुरुष र महिलासहित ६ खेलाडी छानिएका छन् ।
ग्योरोगीको पुरुषतर्फ पर्साबाट ५४ केजीमा शोएब अख्तर र ६३ केजीमा जैकी यादव, बाराबाट ५८ केजीमा वर्षात लामा, ६८ केजीमा दिनेश मण्डल, ८० केजीमा पवनकुमार श्रेष्ठ, ८७ केजीमा अमितकुमार सिंह र ८७ केजीमाथि शंकर यादव तथा ७४ केजीमाथि रौतहतका रमेन्द्र साह रहेका छन् ।

सो स्पर्धाको महिलातर्फ बाराबाट ४६ केजीमा मनीषा वाइबा, ६७ केजीमा लीला श्रेष्ठ, ७३ केजीमा अस्मिता रिजाल र ७३ केजीमाथि पार्वती बस्नेत, ४९ केजीमा पर्साकी अमृता तामाङ तथा सर्लाहीबाट ५३ केजीमा अप्सरा पौडेल, ५७ केजीमा मनीषा मगर र ६२ केजीमा सलिना श्रेष्ठ छन् ।

पुरुष पुम्सेमा सिरहाका संगम लामा, रौतहटका सागर थिङ र बाराका प्रवीण परियार छन् । त्यसै स्पर्धाको महिलामा बाराका आयुषा खातुन तथा वन्दना कुमर र सर्लाहीकी पुनम देवकोटा छनोट भए ।

प्रतिक्रिया