नेपाली युवा क्रिकेटको जित

काठमाडौं । नेपालको यु–१९ क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा आन्ध्र प्रदेश यु–१९ क्रिकेट टोलीमाथि ७१ रनको जित निकालेको छ । यु–१९ विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटका लागि भारत भ्रमणमा रहेको नेपाली युवा टोलीले तीन खेलको अभ्यास शृंखलामा बुधबार सुखद सुरुआत गरेको हो । रोहितकुमार पौडेल र सन्दीप जोराको अर्धसतकप्रेरित नेपालले सहज जित निकाल्यो । २ सय ७७ रनको लक्ष्य पछ्याएको आन्ध्रको टोली ४५।१ ओभरमा २ सय १४ रनमा समेटिएपछि नेपालले विजयी सुरुआत ग¥यो ।

कुशल मल्ल र कमलसिंह ऐरीले कुल सात विकेट लिँदा घरेलु टोली २९ बल अगावै समेटियो । घरेलु टोलीका लागि कुनै पनि ब्याट्सम्यानले अर्धसतक पार गर्न सकेनन् । पहिलो विकेटका लागि ८५ रनको साझेदारी गर्दै राम्रो सुरुआत गराए पनि घरेलु टोलीले एकपछि अर्को विकेट गुमायो । ओपनर हर्षवर्धनको ४६ रन नै घरेलु टोलीका लागि सर्वाधिक रन थियो । पी तेजस्वीले ४३ रन र हेमन्त रेड्डीले ३८ रनको योगदान दिए ।

आठौँ विकेटका लागि तेजस्वीले के वङ्कटेससँग ६५ रनको दोस्रो ठूलो साझेदारी गर्दै जित निकाल्ने संकेत गरे पनि कमलसिंह ऐरीले सफल हुन दिएनन् । घरेलु टोलीको खातमा २ सय २ रन हुँदा कमलसिंहले तेजस्वीलाई मोहम्मद असिफ सेखद्वारा क्याच आउट गराउँदै नेपालको जित पक्का गरेका थिए । त्यसपछिको दुई विकेटका रूपमा वङ्कटेस र श्रीकरसाई रेड्डीलाई आउट गर्दै कमलसिंहले सफलता दिलाए ।

नेपालको बलिङमा कुशल मल्लले १० ओभरमा दुई मेडन राख्दै चार विकेट लिँदा ४१ रन खर्चिए । कमलसिंहले ७.१ ओभरमा एक मेडन राख्दै तीन विकेट निकाले । पवन सर्राफले दुई तथा सागर ढकालले एक विकेट लिए । त्यसअघि ब्याटिङ गरेको नेपालले खराब सुरुआतको बाबजुदले बलियो लक्ष्य प्रस्तुत ग¥यो । चार ब्याट्सम्यान आउट हुँदा नेपालको खातामा ४९ रन मात्र थियो ।

उसका शीर्ष चार ब्याट्सम्यान श्रmत गौतम र रविकुमार साह समान ५ रनमा आउट हुँदा पवन सर्राफ ४ रनमा र मोहम्मद असिफ सेख ९ रनमै पवेलियन फर्किए । यद्यपि, पाँचौ विकेटका लागि रोहितकुमार पौडेल र सन्दीप जोराले १ सय ४५ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासे । पाँचौं विकेटका रूपमा आउट हुनुअघि जोराले दुई चौका र ६ छक्काको मद्दतमा ६९ रनको योगदान दिए ।

पौडेलले ८१ रन बनाउँदा ६ चौका र एक छक्का प्रहार गरे । दशौं नम्बरमा ब्याटिङ गर्न आएका कमलसिंहले ४४ रनको योगदान दिँदा नेपालको मजबुत योगफल खडा ग¥यो । २५ बल खेलेका कमलसिंहले दुई चौका र पाँच छक्का हिर्काए । ४८औँ ओभरमा अन्तिम विकेटका रूपमा आउट हुनुअघि कमलसिंहले सुरुआती ५ छक्का हिर्काएका ििथए । तर, छैटौं बलमा भने उनी आउट हुन पुगे ।

घरेलु टोलीका लागि तेजस्वीले चार विकेट तथा वेङकटेस र श्रीकरसाईले चार विकेट लिए पनि नेपालको विशाल स्कोर हुनबाट रोक्न सकेनन् । यु–१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि विशेष तयारी गर्न नेपाली युवा टोली टोलीले भारतको आन्ध्र प्रदेशको यु–१९ टोलीसँग ३ अभ्यास खेल खेल्नेछ ।
अप्रिल दोस्रो साताबाट आयोजना हुने एसिया छनोटमा नेपालसहित ६ टोलीले चुनौती प्रस्तुत गर्नेछन् । अप्रिल १० देखि २० सम्म हुने छनोटमा नेपालसहित, मलेसिया, सिंगापुर, युएई, कुवेत र ओमन रहेका छन् । विजेता टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।

प्रतिक्रिया