दक्षिण कोरियामा घट्यो विवाह दर

सोल । दक्षिण कोरियामा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा विवाह दरमा कमी आएको तथ्यांक सार्वजनिक भएको छ । आर्थिक अस्थिरता लगायतका कारण दक्षिण कोरियाका युवायुवतीले विवाहलाई कम प्राथमिकता दिन थालेको समाचारमा उल्लेख छ ।

सन् २०१८ मा १ हजार युवायुवतीमा ५ प्रतिशतले विवाह गरेको पाइएको छ । यो तथ्यांक अहिलेसम्मकै सबैभन्दा न्यून हो ।

कोरियाको तथ्यांक विभागले वैवाहिक सम्बन्धको दर के कति रहन्छ भनेर सन् १९७० देखि तथ्यांक संकलन गर्ने गरेको छ । समाचारमा जनाइएअनुसार यो वैवाहिक दर सन् १९७० पछिकै सबैभन्दा कम हो ।

सन् १९८० मा यहाँका युवायुवतीमा विवाह दर प्रति १ हजारमा १० दशमलव ६ प्रतिशत रहेको थियो । उक्त विभागले यो तथ्यांक सुरु गरेयताको सबैभन्दा बढी दर हो ।

यो तथ्यांकमा बर्सेनी कमी आउन थालेको हो । सन् १९९० यो दर घटेर मा ९ दशमलव ३, सन् २००० मा ६ दशमलव ५ र सन् २०१० मा ६ दशमलव ५ हुँदै आएको थियो ।

दक्षिण कोरियाली नागरिकमा पहिलो पटक विवाह गर्ने उमेर दर पुरुषमा ३३.२ वर्ष र महिलामा यो उमेर दर ३० दशमलव चार वर्ष छ ।

प्रतिक्रिया