संस्कृतिको संरक्षण गर्न पाल्पाको रामपुरमा पञ्चेबाजा सहयोग

बेझाड । पाल्पाको रामपुर नगरपालिका–६ ले कला संस्कृतिको संरक्षण गर्न श्रीकृष्ण पञ्चेबाजा समूहलाई पञ्चेबाजा सहयोग गरेको छ ।

वडाको आर्थिक वर्ष ०७५, ०७६ को रु ६० हजार विनियोजित रकममार्फत् बाजा सहयोग गरेको हो । सो सहयोगअन्तर्गत सहनाई, ट्याम्को, ढोलक, नरसिङ्गा, झुर्मालगायतका पञ्चेबाजाका सामान वितरण गरिएको छ ।

नगर प्रमुख रमणबहादुर थापाले पञ्चेबाजा हस्तान्तरण गर्दै विशेष चाडपर्वमा प्रयोग गरेर कला संस्कृतिलाई बचाई राख्न अनुरोध गरे । पछिल्लो समय गाउँघरबाट पञ्चेबाजा हराउँदै जान थालेपछि कला संस्कृतिको संरक्षण गर्न पञ्चेबाजा सहयोग गरिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए ।

प्रतिक्रिया