भैरहवामा भायनेटको नयाँ शाखा

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट र टिभी सेवा प्रदायक भायनेट कम्युनिकेसनले भैरहवामा नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ सडक, भैरहवामा अवस्थित १२औँ शाखाको उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले उद्घाटन गरे ।

विगत १९ वर्षदेखि भायनेटले विश्वसनीय र बजेट किफायती ब्रोड–ब्याण्ड सेवा प्रदान गर्दै आएको छ । सन् २०११ मा भायनेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक्स सेवासेवा सुचारु गरेको थियो । सन् २०१६ मा भायनेटले आफ्नो ग्राहकहरूलाई उच्चस्तरीय टिभी सेवा प्रदान गर्नको निमित्त ८० भन्दा बढी एचडी च्यानलसहित २ सय ३० वटा च्यानल भएको नेट टिभीसँग साझेदारी गरेको थियो ।

आजको समयमा भायनेट सन्तुष्ट ग्राहकहरू भएको र उत्कृष्ट सेवा प्रदान गर्ने इन्टरनेट प्रदायकको रूपमा चिनिन्छ । १ सय ५० भन्दा बढी कर्मचारी रहेको कल सेन्टर मार्फत भायनेटले ३ सय ६५ दिन नै २४ घण्टा नै ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

सेवा प्रदान गर्ने उद्देश्य बोकेको भायनेटले ग्राहकहरूको सहजताका लागि सेल्फ–सर्भिस क्लाइन्ट–कस्टुमर पोर्टल र कस्टुमर मोबाइल एप् प्रदान गर्दै आएको छ । यस अन्तर्गत ग्राहकहरूले सजिलैसँग इन्टरनेट सेवाको प्रबंधन, निगरानी र सर्पोट सेवा प्राप्त गर्न सकिनेछ । हाल उपलब्ध भायनेटको योजना मार्फत वार्षिक ग्राहकहरूले इन्टरनेटको प्लानमा १ वर्षको नेट टिभी र नेट टिभी सेट–टप–बक्स निःशुल्क प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यसका साथै चैत मसान्तभित्र नयाँ शाखा भ्रमण गर्ने ग्राहकहरूले आकर्षक छुट तथा अफरहरूसमेत राखिएको छ ।

प्रतिक्रिया