सुस्मीलाई कास्य

काठमाडौं । नेपालकी सुस्मी श्रेष्ठले २९औँ ओपन युरोपियन कराँते च्याम्पियनसिपमा कांस्य जितेकी छन् । सुस्मिले महिला ६५ केजीमा कांस्य जितेको नेपाल क्योकुसिन बुदोकाइ कराते संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदीले जनाएका छन् ।

नेडरल्यान्डको हेगमा भएको प्रतियोगितामा सुस्मि होल्यान्डकी खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेकी थिइन् । सेमिफाइनलमा बेल्जियमकी खेलाडीसंग अंक आधारमा चुकेपछि सुस्मि कास्यमै सीमित भइन् ।  प्रतियोगितामा प्रमुख प्रशिक्षक सुवेदीले निर्णायकको भूमिका समेत निर्वाह गरेको बताइएको छ । प्रतियोगिता मार्च १६ र १७ तारिखमा भएको थियो ।

प्रतिक्रिया