प्रभु बैंकले थप्यो दुई नयाँ शाखा

काठमाडौं । प्रभु बैंक लिमिटेडले झापा जिल्लाको चन्द्रगढी नगरपालिका–७ र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका–७ मा सोमबार एकसाथ नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । चन्द्रगढी शाखा कार्यालयको झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उद्घाटन गरे ।

त्यसैगरी, उर्लाबारी शाखा कार्यालयको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उद्घाटन गरे । चन्द्रगढी र उर्लाबारी शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरू, विभिन्न किसिमका व्यावसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया