यामाहाको ‘ह्याप्पी न्यू यामाहा’ अफर

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेज प्रालिले नयाँ वर्ष ०७६ साललाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘ह्याप्पी न्यू यामाहा’ नाम रहेको यो योजनामा यामाहाका सात सय जना ग्राहकले सुनको सुक्का जित्ने मौका पाउनेछन् । साथै, हरेक खरिदमा ग्राहकले एउटा स्क्र्याच कार्ड पाउनेछन, जसमा १ लाख रुपैयाँसम्म नगद छुट पाइनेछ ।

नयाँ वर्ष योजना अवधिभर यामाहाका हरेक डिलरमा साप्ताहिक लकी ड्र गरिनेछ । जसको विजेताले यामाहाको तर्फबाट सुनको सिक्का जित्नेछन् । यामाहाले नयाँ वर्ष अफरमा सात सय जना आफ्ना भाग्यशाली ग्राहकलाई सुनको सिक्का दिनेछ । यामाहाका मोटरसाइकल र स्कुटरहरू प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर र एफजी सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरूमा माइलेज बढी पाइन्छ ।

प्रतिक्रिया