एलआइसी नेपालको साधारणसभा

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी नेपाल) लिमिटेडको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले आव ०७३/७४ को वासलात र आय व्यय विवरणलाई अनुमोदन गर्दै कम्पनीको मुनाफाबाट सेयर धनीहरूलाई १२ प्रतिशत वोनस सेयर र कर प्रयोजनार्थ शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । आव २०७३/०७४ मा कम्पनीले १,७८,५११ नयाँ बिमालेखहरू बिक्री गरी प्रथम बिमाशुल्क आम्दानी बापत रु२६३ करोड ३५ लाख संकलन गर्न सफल भएको छ ।

०७४ आषाढ मसान्तसम्ममा यस कम्पनीमा कूल चालु बिमालेखको संख्या ७ लाख २० हजार ४५० र कूल जीवन बिमा कोषमा ३ हजार ३ सय ५५ करोड संकलन भएको छ । आब २०७३/०७४ मा कम्पनीको कूल जीवन बिमा कोषमा २६ दशमलव ७१ प्रतिशत, प्रथम बिमाशूल्क आर्जनमा १६ दशमलव २६ प्रतिशत, बिमालेख बिक्रीमा २१ दशमलव ६७ प्रतिशत, लगानीतर्फ ३० दशमलव४० प्रतिशत, लगानीबाट प्राप्त आम्दानीमा ४५ दशमलव ४३ प्रतिशत को वृद्धिदर रहेको थियो ।

प्रतिक्रिया