परमाणु हतियारको डर अब पुरानो

एजेन्स,  वासिंगटन । ‘हामी विस्फोटक पदार्थले भरिएको त्यस्तो क्षेत्रमा हिँडिरहेका छौं कि जहाँ कति वेला कुन स्थानमा विस्फोट हुन्छ भन्ने बारेमा अनभिज्ञ छौं ।’ रूसका पूर्व विदेश मन्त्री इगोर इवानोले वासिङटन डिसीमा आयोजित ‘अन्तराृष्ट्रिय न्यूक्लियर पोलिसी’ सम्मेलनमा यस्तो चेतावनी दिएका हुन् ।  सोही आशयको अभिव्यक्ति पूर्वअमेरिकी सीनेटर र लामो समेयदेखि हतियार नियन्त्रण गर्ने आन्दोलनका कार्यकर्ता रहेका सेम ननले दोहोराए । उनले भने, ‘यदि अमेरिका, रूस र चीनका साथ मिलेर काम गरिएन भने हाम्रा बालबालिका र उनीहरूका बालबालिकाका लागि एउटा नराम्रो सपनाजस्तै हुनेछ ।’

उनले मौजूदा नेताहरूलाई अमेरिकाका पूर्व राष्ट्रपति रोनल्ड रेगन र सोभियत यूनियनका अन्तिम नेता मिखाइल गोर्बाचेभले परमाणु हतियारको उपयोग नगर्ने निर्णय स्मरण पनि गराए ।  रिगन र गोर्बाचेभले शीत युद्धका दौरान परमाणु हतियारको बलमा युद्ध जित्न नसकिने निष्कर्ष निकालेका थिए । रोनल्ड रिगनले मिसाइल–प्रूफ ब्यालेस्टिक मिसाइल डिफेन्सको सपना देखेका थिए तर सपना सँगसँगै उनले रूसी समकक्षी गोर्बाचेभसँग परमाणु निःशस्त्रीकरणमा सम्झौता पनि गरेका थिए ।  यही सम्झौतापछि शीत युद्ध पनि आफ्नो समाप्तिको बाटोमा अगाडि बढेको बताइन्छ ।

सम्झौतामाथि संकट
वर्तमान अवस्थामा परमाणु निःशस्त्रीकरणको सम्झौता संकटमा परेको छ । अमेरिका र रूसबीच ‘इन्टरमिडिएट रेन्ज न्यूक्लियर फोर्सेज’ (आईएनएफ) सन्धि यसअघि नै चिसिएको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रूसले वर्षौं पुरानो उक्त सन्धि तोडेको दाबी गर्दै आएका छन् । जमिनबाट लञ्च हुने कयौं क्रुज मिसाइलको बटालियन तैनाथ गरेर रुसले सन्धिका नियमहरूको उल्लंघन गरेको उनको भनाइ छ ।

उता रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भने ट्रम्पको आरोपलाई खण्डन गर्दै आएका छन् । यद्यपि, नेटोका सहयोगी राष्ट्रहरूले भने यस मामिलामा अमेरिकाको साथ दिएका छन् । तर, ती सहयोगी राष्ट्रहरू पनि ट्रम्पको विदेश नीतिबाट खुसी भने देखिँदैनन् । अमेरिकाका लागि जर्मनीका राजदूत एमिली हेबरले सन्धिका नियमको उल्लंघन भएको इसारा गर्दै अमेरिका अन्य देशमाथि आर्थिक प्रतिबन्ध लगाएर भावी योजनाहरूलाई अप्ठ्यारोमा पारिरहेको बताए । एमिली हेबरले ट्रम्प प्रशासनको आलोचनासमेत गरे ।

नयाँ संकट उत्पन्न हुने आशंका
हतियारका विषयमा गरिएका पुराना सन्धि तोडिनु र परमाणु शक्ति सम्पन्न देशहरूका बीच तनाव बढ्नु नै एकमात्र चिन्ताको विषय नभएको परमाणु हतियारमाथि आयोजित सम्मेलनका अधिकांश वक्ताहरूको आशय थियो । सुपरपावर बन्ने बाटोमा अगाडि बढीरहेको चीन र भारत–पाकिस्तानबीच बढ्दो तनावभन्दा पनि बढी केही नयाँ संकट र खतराको लक्षण देखिदै गएका छन् । सुपरसोनिक गतिमा चल्ने अत्याधिक सटिक निशानायुक्त मिसाइलको निर्माण, साइबर हतियारको निर्माण, अन्तरिक्षमा हुने सम्भावित सैन्यकरण र आटिफिसियल इन्टेलिजेन्सको प्रयोगलाई नयाँ संकट र खतराका लक्षणका रूपमा लिन सकिन्छ ।

प्रतिक्रिया