इतिहाद र फ्रान्स एयर झन्डै ठोक्किए

एजेन्सी, नयाँ दिल्ली । जेट एयरवेजले आजबाट आफ्नो अबुधाबी उडानलाई अपरेसनल कारण भन्दै अनिश्चितकालका लागि ग्राउन्डेड गरेको छ । अबुधावी जेट एयरवेजका लागि दुईमध्येको एउटा महत्वपूर्ण हब हो । अर्को स्थान डच राजधानी आम्सट्रडम हो । त्यहाँबाट ऊ युरोपसँग जोडिएको छ । जेट एयरवेज भारतको मुख्य एयरलाइन्समध्येमा पर्दछ ।
अपरेसनल कारणले गर्दा जेट एयरवेजले मार्च १८ (आजदेखि) सबै उडान रद्द गरेको इतिहादको एयरपोर्ट सर्भिसले एउटा सूचनामा जनाएको छ । सो सर्भिस जेट एयरवेजको ग्राउन्ड ह्यान्डलिङ आर्मको रूपमा चिनिन्छ । यसरी उडान रद्द गर्दा अबुधाबी क्षेत्रको उडान सामान्यतया प्रभावित हुन सक्ने जनाइएको छ ।

आर्थिक अभावका कारण जेट एयरवेजले विभिन्न हिसाबले आर्थिक कोष बढाउन चाहिरहेको बताइएको छ ।
गएको मार्च ८मा जेट एयरवेजका अध्यक्ष नरेश गोयलले इत्तिहाद एयरवेजलाई पत्र पठाएर आफूलाई ७५० करोड रकम जरुरी रहेको र यो नभएमा आफ्ना ५० वटा प्लेन ग्राउन्डेड हुन सक्ने जनाएका थिए जेट एयरवेजको अहिले ८२०० करोड ऋण रहेको र १७०० करोड याही मार्च सम्ममा तिरिसक्नुपर्ने अवस्था रहेको जनाइएको छ ।

झन्डै दुर्घटना
यसैबीच, काठमाडौं आउँदै गरेको इत्तिहाद एयरको एयरबस ए ३२० र भियतनामबाट पेरिस जाँदै गरेको एयर फ्रान्सको बोइङ ७७७ सँग मुम्बईको आकाशमा ठोक्किनबाट मुस्किलले जोगिएको टाइम्स अफ इन्डियाले जनाएको छ । गएको शुक्रबार दिउँसो सो घटना भएको भारतको एयर ट्राफिक कन्ट्रोललाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । तथापि, पाइलट सतर्क रहँदा कुनै दुर्घटना नभएको जनाइएको छ ।

प्रतिक्रिया