इन्डोनेसियामा बाढीले ५० को मृत्यु

एजेन्सी, जाकर्ता । इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने पपुवा प्रान्तमा आएको बाढीमा परेर कम्तीमा ५० जनाको ज्यान गएको छ भने ५९ जना घाइते भएका छन् ।  बाढीले बढी प्रभाव गरेको मुख्य सहर सेनटानी क्षेत्रमा उद्धार कार्य जारी भएकोले घाइतेहरूको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको विपद् व्यवस्थापन अधिकारीले बताएका छन् । शनिबार राति आएको भीषण वर्षाका कारण आएको बाढी आएको थियो । पपुवा प्रान्तको सबभन्दा ठूलो अन्तर्रा्ष्ट्रिय विमानस्थल सेनटानी अन्तर्रा्ष्ट्रिय विमानस्थल भएको क्षेत्रमा बाढीले बढी क्षति पु¥याएको छ ।

‘त्यसैगरी, पपुवा प्रान्तमै पर्ने जयपुरामा पहिरोले दुई घर पुर्दा सात जनाको ज्यान गएको छ’, पपुवा क्षेत्रीय प्रहरी प्रवक्ता अहमद् मुस्तोफा कमलले भने । न्युजिल्यान्डको क्राइस्टचर्चस्थित दुईवटा मस्जिदमा शुक्रबार भएको आक्रमणको घटनामा आरोपित व्यक्ति आफू एक्लै संलग्न भएको हुन सक्ने न्युजिल्यान्डको प्रहरीले जनाएको छ ।

अस्ट्रेलियन नागरिक २८ वर्षीय ब्रेन्टन टारेन्टले आफूले मस्जिदमा आक्रमण गर्दा सामाजिक सञ्जाल फेसबुकमा प्रत्यक्ष प्रसारण गरेका थिए । पछि पक्राउ गरिएका तीन व्यक्ति घटनामा संलग्न नरहेको ठानिएको प्रहरी प्रमुख माइक बुशले बताए। यद्यपि निष्कर्षमा अहिल्यै पुग्न नसकिने उनको भनाइ छ ।

न्युजिल्यान्डमा भएकामध्ये सबैभन्दा खराब मानिएका ती दुई आक्रमणमा ५० जनाले ज्यान गुमाएका छन् भने ५० जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार झन्डै ३४ जनाको अझै अस्पतालमा उपचार हुँदैछ। तीमध्ये बन्दुकको गोलीबाट गम्भीर चोट लागेकादेखि ‘तुलनात्मक रूपमा सामान्य चोट लागेकासम्म’ छन् । एक चार वर्षीया बालिकाको स्थिति गम्भीर छ ।

अल नुर मस्जिद र लिनउड मस्जिदमा आक्रमण हुँदा ज्यान गुमाएका व्यक्तिहरूको पहिचान गर्ने काम यथाशक्य छिटो सकिने गरी लागिपरेको प्रहरी प्रमुख बुसले बताए । यो संवेदनशील प्रक्रिया भएको र आफू ‘सांस्कृतिक तथा धार्मिक आवश्यकताबारे सजग’ रहेको उनले जनाए ।
कैदीले लगाउने कमिज र हतकडीमा अदालतमा उपस्थित गराइँदा मुख्य आरोपित ब्रेन्टन टारेन्ट मुस्कुराइरहेको देखिएको थियो । उनीमाथि हत्याको एउटा आरोप लगाइएको छ र थप अभियोगहरू लाग्ने अपेक्षा गरिएको छ ।
एउटा पत्रकार सम्मेलनमा प्रहरी प्रमुख बुसले २८ वर्षीय ब्रेन्टन टारेन्टमाथि मात्रै आक्रमणको अभियोग लगाइएको बताए ।
उनले भने, ‘उनलाई रोकियो किनकि, उनी प्रत्यक्ष खतरा भएको ठानियो, हाम्रा कर्मचारीले साहसका साथ हस्तक्षेप गरे र केही बल प्रयोग गर्नुपरेको थियो‘ थप आक्रमण हुन नदिन उनीहरूले जोखिम मोले र मलाई लाग्छ उनीहरूले थप आक्रमण हुनबाट जोगाए ।’
बुसले घटनास्थल नजिकै पक्राउ परेका दुई व्यक्ति ती आक्रमणमा संलग्न नरहेको विश्वास गरिएको बताए । एक महिलालाई विना कुनै अभियोग रिहा गरिएको छ भने अर्का पुरुषमाथि हातहतियारसम्बन्धी अभियोग लगाइएको छ । एक १८ वर्षीय व्यक्तिलाई पक्राउ गरिए पनि उनको संलग्नता भएको ‘आशंका’ मात्रै गरिएको र सोमवार अदालतमा पेस गरिने प्रहरी प्रमुख बुशले बताए ।
यद्यपि, सावधानीपूर्वक उनले भने, ‘कति व्यक्ति संलग्न थिए भन्ने कुरामा आश्वस्त नहुञ्जेल निष्कर्षमा पुग्नेगरी हामी केही भन्नेछैनौँ ।’ पक्राउ परेकामध्ये कोही पनि आपराधिक पृष्ठभूमिको नरहेको बताइएको छ । टारेन्टलाई विनाकुनै अपील हिरासतमा राखिएको छ र एप्रिल ५ मा फेरि उनलाई अदालतमा पेस गरिनेछ ।
न्यायाधीशले निष्पक्ष सुनुवाइ हुन पाउने आरोपितको अधिकारको रक्षार्थ उनको अनुहार स्पष्ट रूपमा नदेखिने तस्बिर देखाउन आदेश दिएका छन् । प्रधानमन्त्री जेसिन्डा आर्डर्नले आरोपित टारेन्टसँग बन्दुक राख्न पाउने अनुमति भएको र उनीसँग पाँचवटा बन्दुक भएको बताएकी छन् ।
आक्रमणपछि साहसिक कदम बारेका विवरण आउन थालेका छन् । मारिएका ६ पाकिस्तानीहरूमध्ये ५० वर्षीय नइम रासिद र उनका २१ वर्षीय छोरा तल्हा पनि थिए । अल नुर मस्जिदमा आफूलाई गोली लाग्नुअघि रासिदले बन्दुकधारीलाई रोज्न खोजिरहेको देखिने भिडिओ सामाजिक सञ्जालमा पोस्ट भएपछि नायकका रूपमा उनको प्रशंसा भइरहेको छ ।
पाकिस्तानको एबोटाबादमा रहेका राशिदका भाइ खुर्सीद आलमले बिबिसीका सिकन्दर केर्मानीसँग कुरा गर्दै आफ्ना भाइका कामबाट गर्व अनुभूति भएको बताए ।
‘उनी बहादुर व्यक्ति थिए,’ आलमले भने, ‘मैले त्यहाँका मानिसहरूबाट सुनेँ‘ केही प्रत्यक्षदर्शीका अनुसार उनले बन्दुकधारीलाई रोकेर केहीको ज्यान जोगाए ।’ मानिसहरूले राशिदलाई नायकका रूपमा प्रशंसा गरिरहे पनि उनको मृत्युले आफूहरू’ अझै स्तब्ध रहेको’ आलमले बताए ।
‘त्यो हाम्रा लागि अहिले गर्वको कुरा हो, तर हाम्रो लागि क्षति पनि हो। त्यो त तपाईँले आफ्ना हातखुट्टा काटेजस्तै हो ।’ घटनाबारे सुनेर आफू क्रुद्ध भएको आलमले सुनाए । ‘आतंकवादीहरूको कुनै धर्म हुँदैन । पागलहरूलाई रोक्नुपथ्र्यो ।’
लिनउडस्थित अर्को मस्जिदमा भएको आक्रमणमा पनि त्यस्तै हस्तक्षेप गरिएको थियो । मस्जिदबाहिर दौडेर आफूले बन्दुकधारीतिर ‘क्रेडिट कार्ड मेसिन’ हुत्याएको अब्दुल अजिजले बताए ।
त्यसपछि ती आक्रमणकारीको एउटा हतियार खस्यो र उनी अरू हतियार खोज्न आफ्नो गाडीतिर गए । अजिजले बन्दुक फ्यालेर उनको गाडीको सिसा फुटाइदिए । त्यसपछि आक्रमणकारी पछि हटे र केही क्षणपछि पक्राउ परे ।
न्युजिल्यान्डका अधिकारीहरूले अहिले पीडितहरूको पहिचान गर्ने कठिन काम गरिरहेका छन् । अल नुर मस्जिदमा शुक्रबारको साप्ताहिक प्रार्थनाको समयमा दिउँसो १ बजरे ४० मा आक्रमण भएको खबर आएको थियो ।
एक बन्दुकधारीले मूलढोकामा गाडी रोकेर भित्र छिर्दै प्रार्थना गरिरहेकाहरूमाथि पाँच मिनेट आन्धाधुन्ध गोली हानेका थिए । टाउकोमा बाँधिएको क्यामेराबाट फेसबुकमा प्रत्यक्ष प्रसारण गरिएको आक्रमणमा बन्दुकधारीले आफूलाई ब्रेन्टन टारेन्ट भनेर चिनाएका थिए ।
बन्दुकधारी त्यसपछि पाँच किलोमिटर पर रहेको लिनउड मस्जिदसम्म गाडीमा गएर अर्को आक्रमण गरेका थिए । त्यहाँ एक व्यक्तिले उनको हतियार खोसेका थिए । प्रहरीले टोरेन्टलाई कहाँ गिरफ्तार गरेको भन्ने खुलाएको छैन ।
प्रहरीले दुवै मस्जिदमा हतियार भेटिएको र एउटा गाडीमा विस्फोटक पदार्थहरू भेटिएको बताएको छ । न्युजिल्यान्डको कुल ४२ लाख ५० हजार जनसंख्याको १ दशमलव १ प्रतिशत मुस्लिम छन् ।
आक्रमण हुनुअघि ब्रेन्टन टारेन्टका नाममा रहेका सामाजिक सञ्जालका खातामा एउटा लामो, जातिवादी कुराहरू प्रेषित भएको थियो । त्यसमा आक्रमण गरिएका मस्जिदहरूको नाम उल्लेख थियो । त्यसमा लिखित कुरालाई ’द ग्रेट रिप्लेसमेन्ट’ भनिन्छ। यो पदावलीको रचना फ्रान्समा भएको हो र आप्रवासनविरोधी युरोपेली अतिवादीहरूमाझ यो लोकप्रिय भएको छ ।
आरोपितले सन् २०१७ मा युरोपको भ्रमण गरेपछि र त्यहाँ भएका घटनाबाट आक्रोशित भएर आक्रमणको योजना बनाउन थालेको बताएका छन् । न्युजिल्यान्ड हेराल्डका अनुसार आरोपितले आक्रमणहरू गर्नुभन्दा झन्डै १० मिनेटअघि आफ्ना लिखित कुरा ७० जनालाई पठाएका थिए ।

प्रतिक्रिया