सन् २०२५ पछि पाकिस्तान भारतमा गाभिन्छ !

एजेन्सी, नयाँदिल्ली । भारतको राष्ट्रिय स्वयंसेवा संघ (आरएसएस) का वरिष्ठ प्रचारक इन्द्रेश कुमारले सन् २०२५ पछि पाकिस्तान भारतको हिस्सा बन्ने विवादास्पद अभिव्यक्ति दिएका छन् । इण्डियन एक्सप्रेसलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएअनुसार उनले शनिबार मुम्बईमा काश्मिरको प्रसंगमा दिएको मन्तव्यका क्रममा सो कुरा बताएका हुन् ।

उनले सो अवसरमा भनेका थिए, ‘तपाईं लेखेर राख्नुहोस् । ५–७ वर्षपछि तपाईंले कहीँ कराँची, लाहौर, रावलपिन्डी र सियालकोटमा घर खरिद गर्ने वा व्यापार गर्ने मौका मिल्नेछ ।’ उनको भनाइ थियो, ‘१९४७ अघि पाकिस्तान थिएन । मानिसहरूको भनाइ छ कि १९४५ अघि त्यो हिन्दुस्तान थियो । २०२५ पछि त्यो फेरि हिन्दुस्तान हुनेवाला छ ।’

उनले अखण्ड भारतको सपना चाँडै पूरा हुनेसमेत दाबी गरेका छन् । उनले युरोपेली संघ (इयू) जस्तै अखण्ड भारतको अवस्थातर्फ जाने समेत दाबी गरेका छन् । आरएसएसलाई अहिलेको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को प्यारेन्ट अर्गनाइजेसनका रूपमा चिन्ने गरिएको छ ।

प्रतिक्रिया