मोडेल टिका जैसीको ‘छोरीको वेदना’ (भिडियो)

काठमाडौँ । मोडेल टिका जैसीको दोस्रो कोसेली स्वरूप नयाँ गीत ‘छोरीको वेदना’ बजारमा आएको छ । बि स्टार फिल्म् प्रालिको प्रस्तुती रहेको उक्त गीत लोक गायिका पूर्णकला बिसिको मर्मस्पर्सी आवाजमा रहेको छ । गीतकार शिव हमालले सोही गीतको शब्द रचना साथै संगीत भरेका छन् ।

मारुनी स्टुडियोमा रेकर्ड गरिएर बजारमा आएको सोही गीत बिश्वाश नेपालको एरेन्ज साथै कुमार रानाले मिक्सिङ गरेका हुन् । त्यस्तै गीतको भिडियो तर्फ बिक्रम चौहानको निर्देशन रहनुका साथै प्रकाश खड्काले छायांकन गरेका छन् । सोही भिडियोमा मोडेल टिका जैसीलगायत उनका सबै परिवार जन्म दिने आमा, बुवा, हजुर बुवा, हजुर आमा र भाई बहिनीहरुको सामुहिक रुपका अभिनय रहेको छ ।

बर्दियामा जन्मिएकी मोडेल जैसी कलाकारिताको लागि राजधानी छिरेपछि पहिलो कोसेली स्वरूप तीजको गीत उनै गायिका पूर्णकला बिसी र पशुपती शर्माको आवाजमा बजारमा ल्याएको बताइन् ।

सोही क्रममा छोरी भएर जन्मिएपछि बुवा आमालाई आफुले सोंचेको जस्तो खुशी दिन नसकेको यथार्थ दुखका वेदना तथा मौलिक बिषयवस्तुमा आधारित शब्द उक्त गीत ‘छोरीको वेदना’ मा समावेश गरिएको टिका जैसीको दाबी छ । उनि पछिल्लो समय म्युजिक भिडियोको अभिनयमा व्यस्तता देखिँदै आएकी छन् । हालसम्म करिब २ सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेको मोडेल जैसीले जानकारी दिइन् ।

प्रतिक्रिया