साहित्यकारको वनभोज

काठमाडौँ । नेपाल स्रष्टा समाजले शनिबार साहित्यकारहरूका लागि वार्षिक वनभोजको कार्यक्रमको आयोजना ग¥यो । सिन्धुपाल्चोकको सुनकोशीस्थित सुकुटे बीच रिसोर्टमा भएको सो कार्यक्रममा साहित्यका विभिन्न विधाका लेखक, कलाकार तथा पत्रकारको उपस्थिति थियो ।

कार्यक्रममा समाजका अध्यक्ष विधान आचार्य तथा उपाध्यक्ष डा. गोविन्दमान सिंह कार्कीले लेखक तथा साहित्यकारहरूबीच हुने यस्ता गतिविधिले बढाई साहित्य क्षेत्रमा बल पुग्ने बताए । सो अवसरमा समाजका पूर्वअध्यक्षद्वय चन्द्रप्रसाद भट्टराई र पवन आलोक, वयोवृद्ध ८४ वर्षीय पुष्पप्रसाद लुइँटेल, प्रा राजेन्द्र सुवेदी, साहित्यकारहरु किशोर पहाडी, लव गाउँले, राजेन्द्र खनाल, शङ्कर भारती, विजयध्वज थापा, जीवनाथ पोखरेल, समाजका पूर्वमहासचिव चेतनाथ कँडेललगायतको उपस्थिति थियो ।

वनभोज कार्यक्रममा पत्रकारहरु तीर्थ भट्टराई, जयदेव भट्टराई, त्रिभुवनचन्द्र वाग्लेलगायत ४५ जनाको उपस्थिति थियो । सो अवसरमा वृद्ध अवस्थामा पुग्न लागेका साहित्यकारहरुले पनि नाचगानमा भाग लिई मनोरञ्जन लिएका थिए भने केही स्रष्टाहरुले कविता, मुक्तक तथा गीतसङ्गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया