वसन्तपुरमा चिर ठडाएपछि फागु सुरु

काठमाडौँ । काठमाडौँ उपत्यकामा महत्वपूर्ण पर्वका रुपमा लिइएको फागु पर्व वसन्तपुरमा चिर ठडाएपछि आजदेखि सुरु भएको छ ।

प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन शुभ साइत हेरी विधिवत्रुपमा मयलको रूखलाई रङ्गीबिरङ्गी ध्वजा पताकाले सजाएर ‘चिर’ उठाएपछि फागु पर्व शुसुरुवात भएको मानिन्छ ।

फागु शुक्ल अष्टमीका दिन सुरु हुने उक्त पर्व फागु पूर्णिमासम्म मनाइन्छ । पूर्णिमाको राति चिर ढालेर त्यसलाई टुँडिखेल पु¥याएर दहन गरिन्छ । असत्य शक्तिमाथि सत्यको विजयको सन्देश दिनका लागि फागु पर्वबारे विभिन्न किंवदन्ती पाइन्छ । किंवदन्ती अनुसार हिरण्यकश्यपुका पुत्र प्रल्हाद विष्णुको भक्त थिए ।

उनी सत्यको पक्षमा रहेका कारण असत्य शक्तिलाई अवरोध पुगेपछि कहिलै पनि आगोमा नजल्ने फुपू होलिकाले प्रल्हादलाई लिएर आगोमा हाम फाल्दा होलिका दहन भई प्रल्हादलाई केही नभएको कथा पाइन्छ । फागु पूर्णिमाको भोलिपल्ट तराई क्षेत्रमा होली मनाइन्छ ।

प्रतिक्रिया