अन्तर्राष्ट्रिय मिडिया संयोजन समिति गठन

काठमाडौँ । विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समूहले युवा लेखक तथा स्तम्भकार सरगम भट्टराईको संयोजकत्वमा नौ सदस्य अन्तर्राष्ट्रिय मिडिया संयोजन समिति गठन गरेको छ ।

विवेकशील साझा पार्टीको सञ्चार विभागले आज जारी गरेको प्रेस विज्ञप्तिमा अन्तर्राष्ट्रिय सद्भाव समितिको अङ्ग अन्तर्गत गठन गरिएको सो समितिमा इजरायलबाट राम ढुङ्गाना, डेनमार्कबाट प्रभात किरण रहेका छन् ।

बेलायतबाट ताउ गुरुङ, बेल्जियमबाट सन्तोष न्यौपाने, भारतको मुम्बईबाट जीवन सम्राट, कतारबाट दीपेन्द्र पोख्रेल, वेदप्रसाद दवाडी र कुवेतबाट दीपक उप्रेती चयन भएका छन् ।

नवगठित समितिले पार्टीका गतिविधि र भावी कार्यक्रम विभिन्न देशमा गठित सद्भाव समूहका सदस्यमाझ प्रचारप्रसार गर्ने कार्य गर्नेछ भने अन्तर्राष्ट्रिय जगतमा क्रियाशील विभिन्न तहमा कार्यरत नेपाली भाषी समुदायलाई विवेकशील साझा पार्टीले लिएको देश विकासको लक्ष्य, मूल मर्म, भावनालाई चिनाउन राम्रो काम गर्ने लक्ष्य रहेको जनाइएको छ ।

प्रतिक्रिया