‘जाइरा’ मा एक्सन रूपमा नम्रता

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत एक्सन चलचित्र ‘जाइरा’ आगामी वर्षको ६ भदौमा देशव्यापी प्रदर्शनमा आउने भएको छ । कृष्णन्माष्टमीको अवसर पारेर चलचित्र रिलिज गर्न लागिएको निर्माण पक्षले जनाएको छ ।

एक महिलाले लिएको प्रतिशोधको कथालाई चलचित्रमा उतारिएको छ । अभिनेत्री नम्रताले ‘जाइरा’ का लागि कपाल काटेकी थिइन् । साथै, उनले आफ्नो तौल ५१ केजीबाट घटाएर ४३ केजी पु¥याएकी थिइन् । ‘जाइरा’ का लागि उनले ६ महिनासम्म मार्सल आर्ट सिकेकी थिइन् । आशुतोष राज श्रेष्ठले निर्देशन गरेको यस चलचित्रमा नम्रताका साथै अभिनेता अनुपविक्रम शाही, प्रमोद अग्रहरि, रेमनदास श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।

यसैगरी यसै चलचित्रबाट सुजता श्रेष्ठ, श्रृजना रेग्मी र सम्राट मगरले डेब्यु गर्दैछन् । यस चलचित्रको कथा, पटकथा तथा संवाद भने निर्देशक श्रेष्ठले निरोज महर्जनसँग मिलेर लेखेका हुन् ।
कटामरी फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रको प्रस्तुतकर्तामा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रालि रहेको छ ।

प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको यो चलचित्रमा लोकेश बज्रचार्यको सम्पादन तथा बाबु श्रेष्ठको छायांकन रहेको छ । कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत, केशव थापाको नृत्य निर्देशन रहेको यस चलचित्रमा सम्राट बस्नेत, राउल मोक्तान र मेघवार चेम्जोङको द्वन्द्व निर्देशन छ ।

प्रतिक्रिया