‘कंलक’ मा माधुरी सञ्जय

एजेन्सी, मुम्बई । बलिउडका चर्चित अभिनेत्री माधुरी दीक्षित तथा अभिनेता सञ्जय दत्त २१ वर्षपछि सँगै चलचित्रमा देखिएका छन् । अभिषेक वर्मानले निर्देशन गरेको यो चलचित्र बलिउडमा निकै आशा गरिएको छ । यसैबीच यसको टिजर सार्वजनिक भएको छ । मल्टिस्टारर यस चलचित्रको टिजर निकै दमदार बनाइएको छ । चलचित्रको टिजरले सकारात्मक समीक्षक तथा दर्शकको राम्रो प्रतिकृया पाइरहेको छ ।

यस चलचित्रमा अभिनेता बरुण धवन, अभिनेत्री आलिया भट्ट, अभिनेत्री सोनाक्षी सिंह र अभिनेता आदित्य रोय कपुरको मुख्य भूमिका छ ।  ‘कलंक’ मा माधुरीसँग काम गर्न पाउँदा निकै आफूलाई निकै खुसीको लागेको अभिनेता सञ्जयले प्रतिक्रिया दिएका छन् । उनले भने, ‘माधुरीसँग काम गर्दा निकै रमाइलो भयो । लामो समयपछि हामीलाई सँगै काम गर्ने संयोग मिल्यो । आगामी दिनमा पनि उनीसँग काम गर्ने इच्छा छ ।’

यस्तै अभिनेत्री माधुरीले पनि सञ्जयसँग काम गर्न पाएकोमा निकै खुसी लागेको बताएकी छन् । उनले भनिन्, ‘२१ वर्षपछि मैले पुरानो जोडीसँग काम गर्न पाएको छु । यसमा मलाई निकै खुसी लागेको छ ।’ धर्मा प्रोडक्सनले निर्माण गरेको यो चलचित्र १७ अप्रिलमा रिलिज हुने मिति तय गरेको छ ।

प्रतिक्रिया