मादुरोका आफन्तलाई कोलम्बियामा निषेध

कोलम्बिया । कोलम्बियाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका आफन्तहरुलाई आफ्नो देशमा प्रवेश निषेध गरेको छ ।

कोलम्बियाका अधिकारीहरुका अनुसार मादुरोका भाञ्जा अग्रीमिरो मादुरोले सीमा पार गरेर मंगलबार आश्रय लिन खोजेपनि उनलाई कोलम्बियाले अस्वीकार गरेको सीएनएनले जनाएको छ ।

भेनेजुएलामा बत्ती गएका कारण आफूहरु ५ दिनका लागि कोलम्बियाको रियोहाचामा बस्ने भन्दै मादुरोका भाञ्जा सहित १० जना प्रवेश गर्न चाहेको भएपनि उनीहरुलाई सीमामा रोकिएको थियो ।

कोलम्बियाका अधिकारीहरुका अनुसार उनीहरु मादुरो निकट ३ सय जनाको सूचीमा परेको पाइएका कारण रोकिएको हो ।

प्रतिक्रिया