सिद्धार्थ बैंक र बिएलकपुर हस्पिटलबीच सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र डा बिएल कपुर मेमोरिएल हस्पिटल, दिल्लीका बीच बैंकका सम्पूर्ण डेविट, क्रेडिट र मेडिकल कार्डवाहक ग्राहकवर्गहरूले यस हस्पिटलमा स्वास्थ्य सेवा लिँदा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने सम्बन्धी सम्झौता भएको छ । उतm सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महा प्रबन्धक सुरेशराज महर्जन र डा। बिएल कपुर मेमोरिएल हस्पिटलका तर्फबाट ग्रुप सेल्स प्रमुख सुनिल कपुरले हस्ताक्षर गरे ।

यसअन्तर्गत बैंकका कर्मचारी तथा ग्राहकहरूले डेविट कार्ड, प्रिपेड कार्ड र क्रेडिट कार्डमार्फत सो हस्पिटलमा भुक्तानी गर्दा विशेष छुट उपभोग गर्न सक्नेछन् । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहँुच पु¥याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखाहरूसहित बैंकले देशभर १ सय ४४ वटा शाखा (३ एक्सटेन्सन् काउन्टरसहित), ९९ शाखारहित बैंकिङ सेवा, १ सय ५२ एटिएम र १ हजार २ सयभन्दा बढी पस मेसिनमार्फत उच्चस्तरीय बैैकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया